काठमाडौं । आज साताको पहिलो दिन आइतवार पहेँलो धातुको मुल्य नेपाली बजारमा प्रति तोलाको रु ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार ६ सयमा र तेजावी सुनको मुल्य प्रति तोलाको रु ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ६० रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।








