• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   ओलीलाई अर्थमन्त्रीको जवाफ: बजेट माओवादीतिर नभई जनतातिर ढल्केको छ ★   नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस ★   सन्दर्भ वातावरण दिवसः एउटा प्लाष्टिकको झोला नष्ट हुन १००० वर्ष लाग्ने ★   कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने ★   अन्नपूर्ण केबलकार र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता ★   सफा हिमाल अभियान २०२४: ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन ★   आजै विश्वासको मत लिँदै मुख्यमन्त्री यादव ★   अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते निर्णय सुनाउने ★   विराटले पछि पारे नेयमारलाई ★   फोहोरमैलालाई मजाकको विषय नबनाऔँ: एमाले अध्यक्ष ओली

इलाममा ११ बजेपछि मतगणना, ११ वटा सीसी क्यामरा जडान



काठमाडौं । उपनिर्वाचन भएको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ को मतगणना ११ बजेपछि सुरु गरिने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले ११ बजेपछि मतगणना गर्ने सहमति गरेको हो । बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना दिउँसो मात्रै हुने भएको छ ।

इलाम–२ को मतगणना सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ । मतगणना स्थलमा ११ वटा सीसीटिभी क्यामरा जडान गरिएको छ ।

इलाम–२ को मतगणना शनिबार नै रातिदेखि सुरु गर्ने भनिएको थियो । तर चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका राति पौने तीन बजे मात्र सदरमुकाम ल्याउन सकिएकाले आज गर्न लागिएको हो ।

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

इलाम क्षेत्र नं. २ मा १९ जना उम्मेदवारबीच प्रतिस्पर्धा छ । नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यसैगरी बझाङको मतगणना पनि आजै सुरु हुने छ । साइपाल, एराङकुरी र दुलीका मतपेटिका सदरमुकाम ल्याइँदै छ । मतपेटिका लिन सदरमुकामबाट हेलिकोप्टर गएको छ । सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

बझाङमा जिल्ला अदालतमा मतगणना हुने छ । बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।

प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दिलबहादुर सिंहसहित ११ जना प्रतिस्पर्धामा छन् ।