४ भाद्र २०८३, बिहीबार
,
Latest
अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटले पछि पारे नेयमारलाई



अ+ अ-

एजेन्सी । भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहली विश्वभर सबैभन्दा धेरै फलोअर हुने खेलाडीमध्ये एक हुन् । यस वर्ष कोहली सर्च इन्जिन गुगलको पूरै २५ वर्षको इतिहासमा सबैभन्दा धेरै खोजिएका क्रिकेटरहरूको शीर्षमा छन् ।

कोहली बाहेक महान सचिन तेन्दुलकर, एमएस धोनी, रोहित शर्मा जस्ता खेलाडीहरु पनि सूचीमा परेका छन् ।

कोहलीको एक झलक पाउनका लागि फ्यानहरूले कुनै पनि सीमा पार गर्छन् । विराटको क्रेज दिनप्रतिदिन बढिरहेको छ । अब उनको लोकप्रियतामा नयाँ उपलब्धि थपिएको छ । फुटबल स्टार नेयमार जुनियरलाई पछि पार्दै विराट सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा दोस्रो सर्वाधिक फलो हुने खेलाडी बनेका छन् ।

भारतीय टोलीका स्टार विराट कोहलीले फुटबल स्टार नेयमार जुनियरलाई पछि पारेर ठूलो उपलब्धि हासिल गरेका छन् । हालको स्थिति अनुसार ३५ वर्षीय कोहलीको सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा ६३.५ मिलियन फलोअर्स छन् ।

यस अवधिमा उनले ६३.४ मिलियन फलोअर भएका ब्राजिलियन अन्तर्राष्ट्रिय फुटबल नेयमारलाई पछि पारे भने रोनाल्डो १११.१४ करोड फलोअर्सका साथ शीर्ष स्थानमा छन् ।