९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सफा हिमाल अभियान २०२४: ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन

सफा हिमाल अभियान २०२४: ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन
अ अ+ अ-

काठमाडौँ। सफा हिमाल अभियान—२०२४ अन्तर्गत ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन गरिएको छ ।

बुधवार नेपाली सेनाले काठमाडौंमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुत यस अभियानको दौरान करिव ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको बताउनु भयो ।

उहाँले ५५ दिनसम्म सञ्चालित अभियानमा अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र अभियानको महत्व उजागर गर्न नसक्ने बताउनु भयो । उहाँले अभियानको सञ्चालनपूर्व र सञ्चालनपश्चात भएका केही उपलब्धीहरुले अन्तर्राष्ट्रिय रुपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको बताउनु भयो ।

प्रधानसेनापति प्रभुराम शर्माले भन्नुभयो, ‘प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुत यस अभियानको दौरान करिव ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको छ । जुन आफैँमा एक उपलब्धिमुलक र हामीले दिएको र हामीले लिएका लक्ष्य र लक्ष्यअनुरुप आफ्नो काम पूरा गर्न देखाउनुभएको तत्परता मिसन हो । यद्यपी मैले फ्ल्याग अफ सेरोमनिमा भनेको जस्तो फोहोर संकलनको तथ्यांक यसको एउटा मानक मात्रै हो । त्यस भन्दा बढी यस अभियानको प्रतिकात्मक विम्वको रुपमा यसको अर्थ वृहत रहेको हुन्छ । करिव ५५ दिनसम्म सञ्चालित यस अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र यो अभियानको महत्व पक्कैपनि उजागर गर्दैन । यसले त शुरुवात मात्रै गरेको हो । यस अभियानको सञ्चालनपूर्व र सञ्चालनपश्चात भएका केही उपलब्धीहरुले अन्तर्राष्ट्रिय रुपमा हामी नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको छ । जुन हामी सम्पूर्ण नेपालीहरुको लागि गर्वको विषय हो ।’

प्रधानसेनापति शर्माले झन्डै एक लाद फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताउनु भयो । उहाँले प्रकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको बताउनु भयो । सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुनसक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको बताउनु भयो । सफाई अभियान सञ्चलन गर्नु जटिल, चुनौतिपूर्ण र शाहसिक कार्य भएको बताउनु भयो । प्रधानसेनापति शर्माले धेरैजसो हिमालहरु अहिले पग्लिने चरणमा रहेको बताउनु भयो । नेपाली सेनाले चैत्र २९ गतेदेखि अभियानको शुरुवात गरेको थियो ।