५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफा हिमाल अभियान २०२४: ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन



अ+ अ-

काठमाडौँ। सफा हिमाल अभियान—२०२४ अन्तर्गत ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन गरिएको छ ।

बुधवार नेपाली सेनाले काठमाडौंमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुत यस अभियानको दौरान करिव ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको बताउनु भयो ।

उहाँले ५५ दिनसम्म सञ्चालित अभियानमा अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र अभियानको महत्व उजागर गर्न नसक्ने बताउनु भयो । उहाँले अभियानको सञ्चालनपूर्व र सञ्चालनपश्चात भएका केही उपलब्धीहरुले अन्तर्राष्ट्रिय रुपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको बताउनु भयो ।

प्रधानसेनापति प्रभुराम शर्माले भन्नुभयो, ‘प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुत यस अभियानको दौरान करिव ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको छ । जुन आफैँमा एक उपलब्धिमुलक र हामीले दिएको र हामीले लिएका लक्ष्य र लक्ष्यअनुरुप आफ्नो काम पूरा गर्न देखाउनुभएको तत्परता मिसन हो । यद्यपी मैले फ्ल्याग अफ सेरोमनिमा भनेको जस्तो फोहोर संकलनको तथ्यांक यसको एउटा मानक मात्रै हो । त्यस भन्दा बढी यस अभियानको प्रतिकात्मक विम्वको रुपमा यसको अर्थ वृहत रहेको हुन्छ । करिव ५५ दिनसम्म सञ्चालित यस अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र यो अभियानको महत्व पक्कैपनि उजागर गर्दैन । यसले त शुरुवात मात्रै गरेको हो । यस अभियानको सञ्चालनपूर्व र सञ्चालनपश्चात भएका केही उपलब्धीहरुले अन्तर्राष्ट्रिय रुपमा हामी नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको छ । जुन हामी सम्पूर्ण नेपालीहरुको लागि गर्वको विषय हो ।’

प्रधानसेनापति शर्माले झन्डै एक लाद फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताउनु भयो । उहाँले प्रकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको बताउनु भयो । सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुनसक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको बताउनु भयो । सफाई अभियान सञ्चलन गर्नु जटिल, चुनौतिपूर्ण र शाहसिक कार्य भएको बताउनु भयो । प्रधानसेनापति शर्माले धेरैजसो हिमालहरु अहिले पग्लिने चरणमा रहेको बताउनु भयो । नेपाली सेनाले चैत्र २९ गतेदेखि अभियानको शुरुवात गरेको थियो ।