• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु ★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान



काठमाडौँ । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथोपटक आफ्नो वर्चश्व कायम गर्न सफल हुनुभएको छ ।

‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अपराजित हुने उहाँ विश्वको पहिलो खेलाडी हुनुहुन्छ भने चौथोपटकसम्म लगातार आफ्नो बेल्ट रक्षा गर्ने उहाँ पहिलो अन्तर्राष्ट्रिय खेलाडी बन्नुभएको छ ।

जापानका प्रतिस्पर्धी हिरायामा जिनलाई नकआउट गर्दै उहाँले आफ्नो उपाधि रक्षा गर्न सफल हुनुभएको हो । जापानको नागोया सहरमा सिमराडोजोद्वारा आज आयोजित प्रतिस्पर्धामा २४ वर्षीय व्यवसायिक किक बक्सर घिमिरेले प्रतिस्पर्धीलाई चौथो राउण्डमा नकआउट गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको हो । ‘हिमालय चितुवा’का रूपमा परिचित घिमिरेले जापानको विश्वप्रसिद्ध क्लब सिमुरा डोजोबाट खेल्दै आउनुभएको छ ।

प्रतियोगिताको मुख्य आकर्षण रूपमा रहेको अन्तिम खेल ९मेन इभेन्ट म्याच०मा युवा बक्सर घिमिरेले तीन मिनेटको पाँच राउण्डको प्रतियोगितामा चौथो राउण्डको एक मिनेट ४० सेकेण्ड अर्थात् १० मिनेट ४० सेकण्डमा प्रतिस्पर्धी बक्सर जिनलाई रिङमा ढालेर ‘प्रोफेसनल किक बक्सिङ हिट ५३ च्याम्पियनसिप’मा टाइटल बेल्टको उपाधि रक्षा गर्नुभएको हो ।

अहिलेसम्म व्यवसायिक किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलमा अपराजित यात्रा कायम गर्दै जित हासिल गर्ने क्रममा हिमचितुवाले चारपटक टाइटल म्याचको उपाधि (बेल्ट) रक्षा गर्दै ‘मिडल वेट’को रेकर्डसमेत कायम राख्न सफल हुनुभएको छ ।

उहाँले विश्वप्रसिद्ध के वान व्यवसायिक किक बक्सिङ प्रतियोगितामा समेत खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नकआउट गर्न सफल हुनुभएको थियो । हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायतका विश्वप्रसिद्ध किक बक्सरलाई पराजित गरिसक्नुभएको युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ ।

जापानको नागोयामा सहरमा अबिरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आउनुभएको हिमचितुवा सिमुरा डोजोबाट प्रशिक्षण लिँदै आफ्नो खेल जीवनलाई अगाडि बढाउँदै आउनुभएको छ ।

कराते खेलाडी देव सन् २००४ मा दक्षिण कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहनुभएको छ ।