• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ



काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा मतदान जारी छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो ।

इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गरेका छन् । मतदान गरिसकेपछि बोल्दै नेम्वाङले उत्साहको महशुस भइरहेको बताए । उनले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताए ।

निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताए । घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले आफू जित्नेमा विश्वस्त रहेको बताए ।

यस क्षेत्रमा शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन गरिएको छ ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् ।