काठमाडौं । नेकपाको माधव प्रचण्ड समूहले अन्ततः नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । सो समूहको आज बसेको स्थायी कमिटीको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।
यस विषयमा प्रधानमन्त्री ओली तथा ओली समूहका कुनै पनि सदस्यको प्रतिक्रिया भने आएको छैन । ओलीमाथि गरेको यस कारबाहीले नेकपाका दुई गुटमा देखिएको विवाद थप चर्किने स्पष्ट संकेत देखिएको छ ।










