११ असार २०८३, बिहीबार
,
Latest
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङमा भूकम्पको धक्का महसुस



अ+ अ-

लमजुङ । यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् । 

जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो । त्यसयता मात्र साना–ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ ।