२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर



अ+ अ-

काठमाडौँ । काठमाडौँ–तराई-मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले काठमाडौँलाई तराईलगायत अन्तर्राष्ट्रिय सूचना महामार्गसँग जोड्न तथा काठमाडौँको सूचना प्रविधिलाई अहिलेको भन्दा थप सर्वसुलभ बनाउने उद्देश्यसहित काठमाडौँ–तराई मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डिजाइन तथा डीपीआरको काम सुरु भएको जानकारी दिए ।

फाइबर बिछ्याउने क्रममा कति लम्बाइको डक तथा कति फाइबर चाहिन्छ, कति ठाउँमा ‘पिकअप’ र ‘सेलेसिङ’ गर्नुपर्छ, कति लागत पर्न आउँछ लगायतका विषयमा डिजाइन र डीपीआरको काम सुरु गरिएको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम र नेपाली सेनाबीच भएको समझदारी (एमओयू) अनुसार टेलिकमलाई चाहिने अप्टिकल फाइबरसँग सम्बन्धित आफ्नो ‘एसफिकेसन’ नेपाली सेनाको दु्रतमार्ग आयोजनालाई पठाइसकिएको छ । टेलिकम र नेपाली सेनाबीच पुस १३ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा  भउचप्रसाद यादवले लेखेका छन् । 




भर्खरै