• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनलाई उसकै घरेलु मैदानमा ४–० गोलले हरायो ।

सिटीलाई सहज जित दिलाउन फिल फोडेनले २ तथा केभिन डी ब्रुएना र युलियन अल्भारेजले १–१ गोल गरे ।

सिटीले १७ औं मिनेटमा डि ब्रुएनाको गोलबाट अग्रता लिएको थियो । त्यसपछि २६ औं र ३४ औं मिनेटमा फोडेनले गोल गर्दै पहिलो हाफमै सिटीलाई ३–० को अग्रता दिलाए ।

यता, ६२ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ४–० गोलको जित दिलाए । जितसँगै सिटी ३३ खेलबाट ७६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

एक–एक खेल बढी खेलको आर्सनल ७७ अंकसहित शीर्षस्थानमा रहँदा लिभरपुल ७४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।