२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान



अ+ अ-

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १८० जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौंमा आयोजित विशेष समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिब सुरेश अधिकारीले ‘एम्बेसडर अफ पाकिस्तान स्कलरसिप’ हस्तान्तरण गर्नुभयो ।

देशभरिबाट छानिएका उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको दूतावासले जनाएको छ । यस वर्ष ११९ विद्यालयका १८० विद्यार्थीले छात्रवृत्ति पाएका छन् । साथै उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सचिब अधिकारीले पाकिस्तानले शिक्षाको क्षेत्रमा निरन्तर सहयोग गरेकोमा धन्यवाद दिदै यो नेपाल र पाकिस्तानबीचको घनिष्ट मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताउनु भयो । उहाँले दुई देश बिच शिक्षाका क्षेत्रमा सहकार्य सुखद भएको उल्लेख गर्दे पाकिस्तानका पूर्व विद्यार्थीले नेपालको विकासमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो ।

पाकिस्तानका राजदूत अबरार एच हाशमीले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिदै थप सहयोगको क्षेत्रमा सहकार्य गर्ने बताउनु भयो । उहाँले नेपाली युवालाई अध्ययन, खेलकुद र स्वास्थ्य ,सामाजिक गतिविधिका क्षेत्रमा उत्प्रेरित गर्ने जनाउदै द्विपक्षीय सहयोगको महत्वपूर्ण रहेको बताउनु भयो ।

एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रम सन् २०१३ मा सुरु भएको हो ।