• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १८० जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौंमा आयोजित विशेष समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिब सुरेश अधिकारीले ‘एम्बेसडर अफ पाकिस्तान स्कलरसिप’ हस्तान्तरण गर्नुभयो ।

देशभरिबाट छानिएका उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको दूतावासले जनाएको छ । यस वर्ष ११९ विद्यालयका १८० विद्यार्थीले छात्रवृत्ति पाएका छन् । साथै उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सचिब अधिकारीले पाकिस्तानले शिक्षाको क्षेत्रमा निरन्तर सहयोग गरेकोमा धन्यवाद दिदै यो नेपाल र पाकिस्तानबीचको घनिष्ट मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताउनु भयो । उहाँले दुई देश बिच शिक्षाका क्षेत्रमा सहकार्य सुखद भएको उल्लेख गर्दे पाकिस्तानका पूर्व विद्यार्थीले नेपालको विकासमा योगदान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो ।

पाकिस्तानका राजदूत अबरार एच हाशमीले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिदै थप सहयोगको क्षेत्रमा सहकार्य गर्ने बताउनु भयो । उहाँले नेपाली युवालाई अध्ययन, खेलकुद र स्वास्थ्य ,सामाजिक गतिविधिका क्षेत्रमा उत्प्रेरित गर्ने जनाउदै द्विपक्षीय सहयोगको महत्वपूर्ण रहेको बताउनु भयो ।

एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रम सन् २०१३ मा सुरु भएको हो ।