२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

निर्वाचन : मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापन तयारी

निर्वाचन : मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापन तयारी
अ अ+ अ-

भादगाउँ । प्रतिनिधिसभाको घोषित निर्वाचनका लागि भक्तपुरमा मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापनको तयारी शुरु भएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बैठक बसी निर्वाचनको तयारी शुरु गरेको हो ।

बैठकले भक्तपुर नगरपालिका–६ का दुई मतदानस्थललाई एकै स्थानमा सार्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । साविक वडा नं ५ कार्यालय र बालबोध शान्ति माध्यामिक विद्यालय चोछेंको भवन सानो भएकाले दुईवटै मतदानस्थलका मतदातालाई पायक पर्ने स्थान भक्तपुर नगरपालिका–६ स्थित ख्वप कलेजलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको हो ।

त्यस्तै भक्तपुर नगरपालिका–२ को मतदानस्थल शारदा मावि यालाछेंको स्थान साँघुरो भएको हुँदा भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदानस्थल कायम गर्ने सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर जिसीले जानकारी दिनुभयो । बैठकले भक्तपुर नगरपालिकाकै वडा नं ५ को मतदानस्थल बरदायणी मावि भवगतीस्थानको भवन साँघुरो भएको हुँदा सोही वडाको आदर्श आजाद मावि भेलुखेललाई नयाँ मतदानस्थलका रुपमा कायम गर्न आयोगमा सिफारिस गरेको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिका–५ को मतदानस्थल महेन्द्र माध्यामिक विद्यालय भवन साँघुरो भएकोले सोही वडाको कटुञ्जे आधारभूत विद्यालयलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको छ । बैठकले मध्यपुरथिमिका पनि दुई मतदानस्थललाई स्थानान्तरण गर्न आयोगमा सिफारिस गरेको छ । 

मध्यपुरथिमि वडा नं ९ स्थित हेल्थपोष्ट थिमि मतदानस्थल साँघुरो भएको हुँदा सोही वडामाको कृषि विकास बैंकको तालीम केन्द्र र वडा नं ३ को मतदानस्थल जनप्रेमी आधारभूत विद्यालय कौशलटारको भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको आदर्श जनप्रेमी कलेजलाई नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको छ ।

यसैगरी भक्तपुरमा करीब सात हजार ५०० मतदाता थपिने भएको छ । भक्तपुरमा साविकमा एक लाख ७८ हजार ९९ मतदाता रहेकोमा आगामी निर्वाचनमा एक लाख ८५ हजार ५९१ पुग्ने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

एक मतदान केन्द्रमा बढीमा एक हजार मतदाता हुनुपर्ने मापदण्डका कारण भक्तपुरमा आगामी निर्वाचनमा मतदान केन्द्र थपिने भएको छ । साविकमा भक्तपुरमा २०९ मतदान केन्द्र रहेकोमा आगामी निर्वाचनमा ६ केन्द्र थपिने छ । भक्तपुरमा मतदानस्थल भने घट्नेछ । भक्तपुरमा यसअघि ७८ मतदानस्थल रहेकोमा भक्तपुर नगरपालिका– ६ को दुई वटा मतदानस्थललाई एउटै कायम गर्ने निर्णयसँगै मतदानस्थल घट्ने जिसीले बताउनुभयो ।
    
भक्तपुरमा सबैभन्दा बढी मतदाता मध्यपुरथिमि–३ कौशलटारस्थित जनप्रेमी आधारभूत विद्यालय मतदानस्थलमा छ । त्यहाँ पाँच हजार १७८ मतदाता छन् । त्यसैगरी सबैभन्दा कम चाँगुनारायण नगरपालिका वडा नं २ स्थित आजाद मावि नाप्लामा ९४७ मतदाता छन् । 

मतदाता अद्यावधिक शुरु 

चितवन– सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्ला तहमा निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ । 

कार्यालयले आज यहाँ राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रममा अद्यावधिकको काम शुरु भएको जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्न सातै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार माघ १५ देखि २१ गतेसम्म नामावलीमा अद्यावधिकको काम गरिने छ । यसका लागि कर्मचारीलाई तालीम दिइसकिएको छ । जिल्लामा पुस ५ गतेसम्म १८ वर्ष पुगेका तीन लाख ६८ हजार ७४९ जनाको नाम दर्ता भएको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको छ । 

विसं २०७४ को मतदाताको सङ्ख्यामा अहिले १४ हजार ७१४ जना मतदाता थपिएको छ । सो निर्वाचनमा तीन लाख ५४ हजार ३५ मतदाता थिए । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबैले सहयोग गर्न आवश्यक छ । अध्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटी भएको सच्याइने छ । 

सहायक नाम दर्ता अधिकारी तालीम

सिमकोट– जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी निर्वाचनका लागि सहायक नाम दर्ता अधिकारीलाई तालीम दिएको छ । पहिलो कार्यक्रमका रुपमा मतदाता अद्यावधिक गर्नका लागि अभिमुखीकरण तालिम सम्पन्न पश्चात आइतरबार नै उनीहरुलाई सातवटै गाउँपालिकामा पठाइएको  छ । सार्वजनिक कार्य तालिका अनुसार काम अगाडि बढाउन प्रत्येक गाउँपालिकाबाट एक एक जना गरेर सात वटै गाउँपालिकाबाट सिमकोट पुगेका सात कर्मचारीलाई जानकारी गराएर गाउँ फिर्ता भएको निर्वाचन कार्यालय हुम्लाका प्रमुख महेश कुमार थापाले जानकारी दिनुभयो । 

कार्यक्रम अनुसार माघ १६ र १७ गते मतदाता नामावली अद्यावधिक गर्ने, नाम हटाउने, नाम सच्याउने, दाबी विरोध गर्ने छ । सबै गाउँपालिकाका एक सहायक नाम दर्ता अधिकारीलाई तालीम दिइएको जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिनुभयो ।

लहान– जिल्ला निर्वाचन कार्यालय सिरहाले निर्वाचनको तयारी थालेको छ ।  आयोगको तालिका अनुसार मतदाता नामावली अद्यावधिक कार्य अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो । सिरहामा मतदाता नामावली अद्यावधिक माघ १५ देखि २१ गतेसम्म गरिने छ । 

माघ १५ गते प्रत्येक स्थानीय तहमा मतदाता नामावली प्रकाशन गरिने, माघ १६ र १७ गते त्रुटि सच्याउन निवेदन दिने, झुठा विरणविरुद्ध उजुरी दिने, दोहोरो नामावली हटाउन निवेदन दिने, मृत्यु वा नागरिकता परित्याग गरेको मतदाताको स्थानीय पञ्जिकरणबाट नामावली सङ्कलन गरिने, माघ १८ र १९ गते उजुरीउपर सफाइको मौका दिइने कार्यतालिका छ । 

यस्तै माघ १८ देखि २० गतेभित्र निवेदनका आधारमा त्रुटि सच्याउने, दोहोरो नामावली हटाउने, स्थानीय पञ्जिकरणबाट प्राप्त मृतक मतदाताको नामावली निर्वाचन आयोगमा पठाउने, माघ २० गते दाबी विरोध उजुरी उपर कारवाही गरिने र माघ २१ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको छ । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला निर्वाचन कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको बैठकले निर्धारित कार्यक्रमलाई सफल बनाउन सिरहाको १७ वटै स्थानीय तहमा एक÷एक सहायक निर्वाचन अधिकृत छनोट गरी खटाइनेछ । सो समितिले जिल्लामा मतदाता केन्द्र र मतदानस्थलको निर्धारण गर्ने छ । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार गत २०७४ मङ्सिरमा भएको निर्वाचनमा कूल तीन लाख ४४ हजार ३७० मतदाता रहेका थिए । 

डोटीमा मतदाता थप

डोटी–    जिल्लामा कम्तीमा दश प्रतिशत मतदाता थपिने भएका छन् । निर्वाचनका लागि कार्यालयले तयारी थालेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी हुने निर्वाचनमा १० प्रतिशत बढी मतदाता थपिने भएका हुन् । 

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी एक लाख छ हजार ५४३ मतदाता थिए । आगामी निर्वाचनमा मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो ।

यस्तै समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको थियो । जम्मा खसेका मतमध्ये प्रत्येक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको तथ्याङ्कले देखाएको छ । निर्वाचन कार्यालय डोटीका प्रमुख दलबहादुर मलासीले आगामी वैशाखमा हुने निर्वाचनमा कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको र १५ गतेदेखि २१ गतेसम्म दाबी विरोधका समय तोकिएको जानकारी दिनुभयो । 

सो समयसम्म केही सङ्ख्या घटनसक्ने उहाँको भनाइ छ । उक्त जम्मा सङ्ख्यामा महिला ६२ हजार ३४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका छन् । माघ १५ देखि २१ सम्म नौवटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय तोकिएको छ । त्यो अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने छ । निर्वाचन घोषणालगत्तै पुस ६ गतेदेखि नै फोटोसहितको मतदाता नामावली सङ्कलन रोकेको आयोगले १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

मकवानपुरमा एक मतदानस्थल थप्न सिफारिस

वाग्मती– वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा आसन्न निर्वाचनका लागि साविकको मतदानस्थल र मतदात केन्द्रभन्दा एउटा मतदानस्थल र एउटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ  ।

जिल्लाको मनहरि गाउँपालिका–६ राष्ट्रिय सरस्वती प्राथमिक  विद्यालय, वालभञ्ज्याङगका लागि एउटा मतदानस्थल र एउटा मतदान केन्द्र थप गर्न आयोगमा सिफारिस गरिएको जिल्ला मतदानस्थल पुनरावलोकन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

विसं २०७४ मा सम्पन्न निर्वाचनमा मकवानपुरमा कूल १६४ मतदानस्थलमा ३२४ मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनको अवस्था हेर्दा मकवानपुरमा एउटा मतदानस्थलमा बढीमा आठ हजार २०० सम्म मतदाता सङ्ख्या थियो ।

भौगोलिक विकटता र असहजतालाई मध्यनगर गरीसम्बन्धी सरोकारवालाको प्राप्त राय सुझाव सो स्थानमा एउटा मतदानस्थलमा एउटा मतदान केन्द्र थप गर्न आयोगमा सिफारिस गरिएको हो । उक्त एउटा मतदानस्थलको एउटा मतदान केन्द्र थप भएमा करीब एक हजार मतदाताले यस मतदानस्थलबाट मतदान गर्नेसक्ने छन्  । 

जिल्लाको सबै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने काम अघि बढाइएको छ । सोहीअनुसार मतदाता नामावली अद्यावधिक गर्न आगामी माघ १५ गतेदेखि सबै १० वटै पािलकामा एक÷एक जना सहायक नाम दर्ता अधिकारी खटाइने तयारी गरिएको निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । 

निर्वाचन कार्यालयका अनुसार माघ १८ गतेसम्म सबै पालिकामा मतदाता नामावली अद्यावधिक गरिनेछ । र्विाचनमा मकवानपुरमा करीब दुई लाख ७२ हजार ४७८ मतदाता हुने प्रारम्भिक अनुमान छ । रासस