• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओलीमाथि बालेनको आक्रोश: गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ?

प्रधानमन्त्री ओली चुनाव गराउँदैनन्, संकटकाल लगाएर भएपनि सत्तामा बसिरहन्छन् : नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफुहरुको लडाइँ गलत विचारको विरुद्द भएको बताउनुभएको छ । 

सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफुहरुको लडाइ सहि बिचारको निम्ति र गलत विचारको विरुद्ध रहेको बताउनुभएको हो । पार्टीभित्र पद र कुर्चीको हानाथाप भएको नभई पार्टीलाई बिचार, बिधि, पद्धती र राम्रो कार्यशैलीमा अघि बढाउनको निम्ति र गलत बिचारको विरुद्धको भएको उहाँको भनाई छ ।

अध्यक्ष नेपालले प्रतिनिधि सभा भंग हुने आधार नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै संकटकाल लगाएर अथवा तानाशाह लादेर भएपनि सत्तामा बसिरहन चाहेको उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता झलनाथ खनालले बिगत ३ वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुस्प्रयास गरेको बताउनुभयो । समाजवादी बाटो छोडेर भद्दा किसिमको पुँजिवादी उदारबाद अपनाएका कारण पार्टीमा प्रश्न उठ्दै गएको उहाँको भनाई छ । ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

बरिष्ठ नेता खनालले प्रतिनिधि सभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशीता तथा गणतन्त्र माथिको आक्रमण भएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिक्रान्तिको दिशातर्फ धकेल्ने कोसिस गरिरहेको उहाँको भनाई छ ।