११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन सर्नसक्छ : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन बैसाखमा हुन नसक्ने संकेत गरेका छन् । सोमबार प्रेस संगठन नेपाल कालीकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सर्वोच्च अदालतले फैसला आउन ढिला भए  निर्वाचन केही समय पछाडि धकेलिन बताएका हुन् । 

‘बैशाख १७ र २७ मा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने आंशका छ । त्यो विषय अदालतको फैसलामा निर्भर हुन्छ ,’ उनले भने । 

बैशाखमा निर्वाचन गराउन सरकार तयारी अवस्था रहेको गृहमन्त्री थापाले बताए । ‘निर्वाचन आयोग सुरक्षा निकायले सबै तयारी गरिरहेको छ,’ उनले भने,‘हामीले अदालतको फैसला कुरिरहेका छौं । अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ ।’

उनले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयलाई अदालतले सदर गर्ने समेत विश्वास व्यक्त गरेका हुन् ।

पार्टीभित्रको अन्तरसंघर्षमा प्रचण्ड–नेपाल पक्षले एकता विरोधी काम गरेको आरोप लगाए । उनले प्रचण्ड–नेपाल समूहमा उभिनु भनेको फुटको पक्षमा उभिनु भएकाले आफू एकताको पक्षमा उभिएको बताए ।