३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुहारको दागधब्बा हटाउने फिटकिरीको यस्ता छ अनेक फाइदा, हेर्नुहोस्



अ+ अ-

एजेन्सी। सुन्दर देखिने रहर सबैको हुन्छ, अझै अनुहार राम्रो बनाउने चाहना सबैको हुन्छ र अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौ ।

अनुहारका लागि हामी महँगा कस्मेटिकहरुको प्रयोग गरिरहेका हुन्छौँ । अझ अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने अनेक उपाय खोज्न थाल्छौ जसको कारण अनुहार झन् विग्रीने खतरा हुन्छ । त्यसको समाधानको लागि हामी कस्मेटिक र औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपाय अपनाउन सक्छौ । त्यसमा फिटकिरी लाभदायी मानिन्छ ।

अनुहार तथा शरीरको कुनै पनि भागमा छालामा देखा परेका दागधब्बा हटाउनको लागि फिटकिरीको प्रयोग गर्न सक्छौ । त्यसको लागि दाग भएको ठाउँमा फिटकिरीले नियमित मसाज गर्नुपर्छ । केही समय मसाज गरेपछि चिसो पानीले पखाल्नुस् तपाईको छालामा रहेको दाग विस्तारै हराउँदै जान्छ ।

त्यस्तै, यदि तपाईको शरीरमा चिलाउने, गन्हाउने जस्ता समस्या आएका छन् भने फिटकिरीले नियमित नुहाउनुपर्छ । यसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ ।