• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्त पक्राउ



काठमाडौं । घर पुर्‍याई दिने भनी शरीर बन्धक गरी राखेर जबरजस्ती करणी गरेको फरार अभियुक्त पक्राउ भएको छ । सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गा.पा. ४ गुन्टे गाँउ घर भएका २४ वर्ष कैलाश भन्ने रोहन नेपाली पक्राउ परेका हुन् ।

परिवर्तित नाम चौतारालाई २०७७ असोज १५ गते बेलुका ७:०० बजे घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी लिएर गएको तर घर तर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा. ४ स्थित मान्जे भन्ने ठाँउमा लगेर अन्य प्रतिवादीहरूसँग मिलेर उनलाई जबरजस्ती करणी गरेको हो ।

साथै निजले लगाएको गरगहना समेत लुटपाट गरेर फरार भएका अभियुक्तलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाण्डौको कलंकीबाट पक्राउ गरेका छ । अपराध महाशाखाबाट आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाईएको छ ।