११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

इम्प्याक्ट प्लेयर नियमविरुद्ध उभिए आरोन फिन्च



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाका लिजेण्ड आरोन फिन्चले आईपीएलमा प्रयोग हुने इम्प्याक्ट प्लेयर नियमको विरोध गरेका छन् । कमजोर रणनीतिका साथ मैदानमा उत्रिएको टोलीका कमजोरीलाई यसले उजागर नगरेको उनले बताए । उत्कृष्ट रणनीतिको साथ बाहिर आउने टोलीले फाइदा लिन नसक्ने उनको भनाई छ ।

अर्कोतर्फ भने यसबारे पूर्व भारतीय खेलाडी सुब्रमण्यम बद्रीनाथले इम्प्याक्ट प्लेयर नियमका कारण आशुतोष शर्मा र शशांक सिंह जस्ता खेलाडीले प्लेटफर्म पाएको बताए ।

भारतका कप्तान रोहित शर्माले केही दिनअघि इम्प्याक्ट प्लेयर नियम हटाउनु पर्ने बताएका थिए । जसका कारण शिवम दुबे र अभिषेक शर्मा जस्ता अलराउन्डरले बलिङ गर्ने मौका पाएका छैनन् । फिन्च सहमत भए र अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीको इम्प्याक्ट प्लेयर नियम नरहेको बताए । जसका कारण कप्तानलाई रणनीति बनाउन समस्या भइरहेको छ ।

अर्कोतर्फ, इम्प्याक्ट प्लेयर नियमबाट अनक्याप्ड खेलाडीहरूलाई फाइदा भएको बद्रीनाथको विश्वास छ । आकाश मधवाल, शशांक, रमनदीप सिंह र आशुतोष जस्ता खेलाडीले यो नियमका कारण १२ औं खेलाडी बनेर आईपीएल खेल्न सक्ने उनी बताउँछन् ।