३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी

प्याजका बेर्ना बेचेर मनग्य आम्दानी
अ+ अ-

टीकापुर । व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ ।

कैलालीको टीकापुर–१ वनगाउँ ज्ञानीटोलमा कृष्णामती चौधरीको आरती बेर्ना नर्सरी उत्पादन फार्म छ । यहाँ चार कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरी सोही स्थानबाट बिक्री गरिन्छ । कृष्णामतीलाई आजभोलि प्याजको बेर्ना बेच्न भ्याइनभ्याइ छ । उहाँले अन्य तरकारीको बेर्नासँगै प्याजको बेर्ना बेचिरहनुभएको छ ।

व्यावसायिकरूपमा बेर्ना उत्पादन गर्ने उहाँले अहिले दैनिक नर्सरीबाटै रु २५० प्रतिकिलोमा बेर्ना बेचिरहनुभएको छ । वनगाउँ र घियागाउँका दुई स्थानमा गरी सात कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरिरहनुभएको छ । अहिलेसम्म करिब ३० क्विन्टल  प्याजको बेर्ना बेचिसक्नुभएको छ । कृष्णामतीले यो सिजनमा रु सात लाख ५० हजारका बेर्ना बिक्री गर्नुभएको हो । “अन्य वर्षभन्दा यस वर्ष प्याजको बेर्नाको बिक्री राम्रो भइरहेको छ । यस वर्ष आम्दानी पनि राम्रै भइरहेको छ”, उहाँले भन्नुभयो, “बेर्ना बिक्री गर्ने सिजनमा महिनामा रु तीन लाखसम्म कमाउन सकिन्छ ।”

तरकारी खेतीभन्दा बेर्ना बिक्रीमा आम्दानी देखेपछि उहाँले बेर्ना उत्पादन रोज्नुभएको हो । कृष्णामतीजस्तै अर्की महिला सुभद्रा चौधरीले पनि यतिखेर प्याजका बेर्ना बेचेर राम्रो कमाइ गरिरहनुभएको छ । उहाँले पाँच कठ्ठा जग्गामा बेर्ना उत्पादन गर्नुभएको छ । “आजभोलि प्याजको बेर्ना बेचिरहेकी छु, यसअघि गोलभेँडा, काउली, बन्दागोभीको बेर्ना बेचेँ”, उहाँले भन्नुभयो, “मासिक रु एक लाखसम्म कमाइ हुन्छ, काम हामी आफ्नै परिवारका सदस्यले गर्छौँ ।”

उहाँको बारीमै बेर्ना किन्ने ग्राहक पुग्छन् । थोरै जमिनमा तरकारी खेती गर्नेले बेर्ना किनेर लगाउँछन् । थोरै बारीमा खेती गर्नेका लागि बेर्ना किनेर लगाउन सजिलो हुन्छ । कृष्णामतीको बारीमा प्याजको बेर्ना किन्न गएकी बन्दना जैशीले गाउँमै बेर्ना पाएपछि सजिलो भएको बताउनुभयो । “एक किलो प्याजको बेर्ना चाहिएको थियो, सहजै पाइयो”, उहाँले भन्नुभयो, “एक किलो लगाउनेले बेर्ना आफैँ राख्न झण्झट हुन्छ । यसरी किन्न पाए सजिलो भयो ।”

विगतका वर्षमा सहज र सस्तोरूपमा सीमा नाकाबाट प्याजको बीउ नेपाली बजारमा आउने गर्दथ्यो तर यस वर्ष सीमा नाकाबाट तरकारी बेर्ना आउन पाएका छैनन् । यसले नेपाली उत्पादकले बजार पाएको किसान बताउँछन् । “अन्य बेर्ना उत्पादनमा लगानी र मेहनत धेरै लाग्छ तर प्याजको बेर्ना उत्पादनमा कम मेहनत लाग्ने गर्दछ”, होसन्ना बेर्ना नर्सरीका सञ्चालक जयराम चौधरी भन्नुहुन्छ, “सहज भएकाले प्याजका बेर्ना उत्पादन गरी बिक्री गरिहेका छौँ । हाम्रो पनि परिवारका सदस्यले काम गर्छन् । घरमै बसीबसी आम्दानी लिन सकिन्छ ।” टीकापुर नगरपालिका कृषि शाखाले पनि बीउ उत्पादनमा लागेका किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।