२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृत शिक्षा पढ्दै मुस्लिम विद्यार्थी



अ+ अ-

काठमाडौं । संस्कृत शिक्षा ब्राह्मण समुदायले मात्रै अध्ययन गर्नुपर्छ भन्ने परम्परागत मान्यता विस्तारै तोडिँदै गएको छ । संस्कृत शिक्षाप्रति अन्य समुदाय र धर्मावलम्बीका विद्यार्थीले पनि रुचि राख्न थालेका छन् । तनहुँको सदरमुकाम दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षा अध्ययन गर्नेमा ब्राह्मणभन्दा अन्य समुदायका विद्यार्थी धेरै छन् । विद्यालयमा मुस्लिम समुदायका विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मुस्लिम समुदायका ३५ विद्यार्थीले संस्कृत पढ्दै गरेको विद्यालयका प्रधानाध्यापक तोयानाथ निरौलाले जानकारी दिए। मुस्लिमका अतिरिक्त बौद्ध तथा इसाई धर्मावलम्बी विद्यार्थीको सङ्ख्या पनि बढ्दै गएको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार विद्यालयमा २८१ जना विद्यार्थी छन् । यहाँ ९५ प्रतिशत दलित तथा जनजाति विद्यार्थीले अध्ययन गर्ने गरेको प्रधानाध्यापक निरौलाले जानकारी दिए । “संस्कृत शिक्षा अध्ययन गर्नेले बेरोजगार बन्ने सम्भावना कम हुन्छ । उच्च शिक्षामा जुनसुकै क्षेत्रका प्रवेश गर्न पाइने, कर्मकाण्ड, पुराण वाचन तथा शिक्षण जस्ता क्षेत्रमा पर्याप्त अवसर पाइन्छ”, प्रधानाध्यापक निरौलाले भने ।

संस्कृत शिक्षा समयानुकूल आवश्यक छ भन्ने बुझेर सबै धर्मावलम्बी अध्ययनका लागि आएको जानकारी उनले दिए ।

बारा जिल्ला स्थायी घर भई हाल दमौलीमा बस्नुहुने कक्षा १० अध्ययन गर्ने मुस्लिम समुदायकी रुक्सान खातुनले संस्कृत शिक्षा जीवनका लागि अपरिहार्य भन्ने ठानेर कक्षा १ देखि नै अध्ययन गरेको बताइन् । उनले भनिन्, “भविष्यमा नर्स बन्ने सपना छ तर जीवनका लागि संस्कृत शिक्षा सिक्न पनि जरुरी छ भन्ने ठानेर पढेकी हुँ । गोरखापत्र दैनिकमा समाचार छ ।




भर्खरै