२२ मंसिर २०८२, सोमबार
,
Latest
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु चुनावको विकल्प छैन- लीलामणि पोखरेल ‘रि–इम्याजिन ट्रेडिसन–२’ कला प्रदर्शनी सुरु साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टोइनिसको आईपीएल करिअरको पहिलो शतकमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । मार्कस स्टोइनिसको शतकको आधारमा लखनउ सुपर जायन्ट्सले आईपीएल–२०२४ मा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

लखनउले सिजनमा चेन्नईलाई दोस्रो पटक पराजित गरेको हो । एलएसजीको यो सिजनको पाँचौं जित हो । टोली १० अंकसहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

मंगलबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको थियो । चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो । लखनउले १९.३ ओभरमा ४ विकेट गुमाएर २११ रनको लक्ष्य पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच मार्कस स्टोइनिस भए । उनले ६३ बलमा १२४ रनको अविजित इनिङ खेले ।

सीएसकेका रुतुराज गायकवाडले लिगमा दोस्रो शतक प्रहार गरे । उनले ६० बलमा १०८ रनको अविजित इनिङ खेले । उनको इनिङ्समा १२ चौका र ३ छक्का समावेश थियो । शिवम दुबेले २७ बलमा ६६ रन बनाए । उनले ३ चौका र ७ छक्का प्रहार गरे । म्याट हेनरी र मोहसिन खान र यस ठाकुरले एक–एक विकेट लिए ।

एलएसजीका मार्कस स्टोइनिसले पनि शतक खेले । उनले आईपीएलमा पहिलो शतक प्रहार गरे । उनले ६३ बलमा अविजित १२४ रन बनाए । स्टोइनिसको इनिङ्समा १३ चौका र ६ छक्का समावेश थियो । निकोलस पुरनले १५ बलमा ३४ रनको योगदान दिए भने दीपक हुड्डाले ६ बलमा अविजित १७ रन बनाए । मथिशा पथिरानाले दुई विकेट लिए । मुस्ताफिजुर रहमान र दीपक चाहरले एक–एक विकेट लिए ।