७ भाद्र २०८३, आईतवार
,
Latest
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टोइनिसको आईपीएल करिअरको पहिलो शतकमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । मार्कस स्टोइनिसको शतकको आधारमा लखनउ सुपर जायन्ट्सले आईपीएल–२०२४ मा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

लखनउले सिजनमा चेन्नईलाई दोस्रो पटक पराजित गरेको हो । एलएसजीको यो सिजनको पाँचौं जित हो । टोली १० अंकसहित अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

मंगलबार चेन्नईको एमए चिदम्बरम स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको थियो । चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो । लखनउले १९.३ ओभरमा ४ विकेट गुमाएर २११ रनको लक्ष्य पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच मार्कस स्टोइनिस भए । उनले ६३ बलमा १२४ रनको अविजित इनिङ खेले ।

सीएसकेका रुतुराज गायकवाडले लिगमा दोस्रो शतक प्रहार गरे । उनले ६० बलमा १०८ रनको अविजित इनिङ खेले । उनको इनिङ्समा १२ चौका र ३ छक्का समावेश थियो । शिवम दुबेले २७ बलमा ६६ रन बनाए । उनले ३ चौका र ७ छक्का प्रहार गरे । म्याट हेनरी र मोहसिन खान र यस ठाकुरले एक–एक विकेट लिए ।

एलएसजीका मार्कस स्टोइनिसले पनि शतक खेले । उनले आईपीएलमा पहिलो शतक प्रहार गरे । उनले ६३ बलमा अविजित १२४ रन बनाए । स्टोइनिसको इनिङ्समा १३ चौका र ६ छक्का समावेश थियो । निकोलस पुरनले १५ बलमा ३४ रनको योगदान दिए भने दीपक हुड्डाले ६ बलमा अविजित १७ रन बनाए । मथिशा पथिरानाले दुई विकेट लिए । मुस्ताफिजुर रहमान र दीपक चाहरले एक–एक विकेट लिए ।