२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटन मुद्दा : सुनुवाइ सुरू



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा मंगलबारको सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले संविधानभन्दा बाहिर गएर संसद विघटन गरेको जिकिर गरेका छन् । 'सदनमा नगइकन प्रधानमन्त्री र संसद समाप्त हुँदै हुँदैन,' थापाले भने ।

उनले सरकार चलाउन मन नभए राजीनामा दिनुपर्ने जिकिर गर्दै प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको तर्क गरे । 'सरकार चलाउने मन छैन भने राजीनामा दिने हो,' थापाले भने, 'संसद् विघटन गर्न अधिकारै छैन बाबा ।'

'संवैधानिक अंगमा नियुक्ति गर्न सकिनँ रे, अर्को तिर दुई तिहाई चाहियो रे', थापाले भने, 'दुई तिहाई दुई तिहाई भनिरहनु भएको छ , यो अल्लि हिटलर पारा भो।'

उनले संवैधानिक परिषद्मा प्रधान न्यायाधीशको उपस्थिति भएको स्मरण गराए। सँगै 'संवैधानिक दायित्व' भएको उल्लेख गरे।

'हुन त प्रन्या पनि हुनुहुन्थ्यो, त्यो संवैधानिक दायित्व थियो', थापाले भने, 'त्यसमा एक्जुकेटिभकको हात छ श्रीमान, जुडिसरीको हैन। यो सिफारिसमा लुकेको उद्येश्य छ।'

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ ।