५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

प्रतिनिधिसभा विघटन मुद्दा : सुनुवाइ सुरू

प्रतिनिधिसभा विघटन मुद्दा : सुनुवाइ सुरू
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा मंगलबारको सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले संविधानभन्दा बाहिर गएर संसद विघटन गरेको जिकिर गरेका छन् । 'सदनमा नगइकन प्रधानमन्त्री र संसद समाप्त हुँदै हुँदैन,' थापाले भने ।

उनले सरकार चलाउन मन नभए राजीनामा दिनुपर्ने जिकिर गर्दै प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको तर्क गरे । 'सरकार चलाउने मन छैन भने राजीनामा दिने हो,' थापाले भने, 'संसद् विघटन गर्न अधिकारै छैन बाबा ।'

'संवैधानिक अंगमा नियुक्ति गर्न सकिनँ रे, अर्को तिर दुई तिहाई चाहियो रे', थापाले भने, 'दुई तिहाई दुई तिहाई भनिरहनु भएको छ , यो अल्लि हिटलर पारा भो।'

उनले संवैधानिक परिषद्मा प्रधान न्यायाधीशको उपस्थिति भएको स्मरण गराए। सँगै 'संवैधानिक दायित्व' भएको उल्लेख गरे।

'हुन त प्रन्या पनि हुनुहुन्थ्यो, त्यो संवैधानिक दायित्व थियो', थापाले भने, 'त्यसमा एक्जुकेटिभकको हात छ श्रीमान, जुडिसरीको हैन। यो सिफारिसमा लुकेको उद्येश्य छ।'

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको छ ।