१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

युजवेन्द्र चहलले आईपीएलमा रचे इतिहास



अ+ अ-

काठमाडौँ । सन् २०१३ मा युजवेन्द्र चहलले मुम्बई इन्डियन्सको जर्सी लगाएर आईपीएलमा डेब्यु गरेका थिए र आज ११ वर्षपछि चहलले आईपीएलमा इतिहास रचेका छन् ।

चहल आईपीएलमा २०० विकेट लिने पहिलो बलर बनेका छन् । चहलले आईपीएल २०२४ को ३८ औं खेलमा मुम्बई इन्डियन्स विरुद्ध खेल्दै यो ठूलो उपलब्धि हासिल गरेका हुन् ।

मोहम्मद नाबीलाई आफ्नो शिकार बनाएपछि चहलले यो स्थान हासिल गरेका हुन् ।

चहलले आईपीएलमा १ सय ५३ खेलमा २०० विकेट पूरा गरेका छन् । आईपीएलमा सबैभन्दा बढी विकेट लिनेको मामिलामा दोस्रो स्थानमा रहेका ड्वेन ब्राभोको नाममा १८३ विकेट छन् । पियुष चावलाको नाम १८१ विकेटका साथ तेस्रो स्थानमा छ । भुवनेश्वर कुमारको नाममा १७४ विकेट छन् ।

आईपीएल २०२४ मा युजवेन्द्र चहलको प्रदर्शन उत्कृष्ट रहेको छ । चहलले अहिलेसम्म ८ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी अहिले पर्पल क्यापको दौडमा दोस्रो स्थानमा छन् । उनीभन्दा अगाडि जसप्रित बुमराह (१३ विकेट) छन् ।

 




भर्खरै