• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

कैदी थुन्ने खोर सहितको घर बिक्रीमा



एजेन्सी । संयुक्त राज्य अमेरिकाको भर्मोन्ट स्थित बिक्रिमा राखिएको एउटा घरको अनौठो विशेषताको कारण अनलाइनमा भाइरलले भएको छ । वास्तवमा विगतमा काउन्टिको कारागार रहेको सो घरमा कैदी थुन्ने सातवटा खोर पनि छन् ।

गिल्डहलमा रहेको सो घर बिक्रिका लागि तस्वीर सहित रियलटर डटकममा विज्ञापन गरिएको छ । सन् १९६९ मा एस्सेक्स काउन्टी जेलको रुपमा यसको प्रयोग बन्द भएपछि यसलाई जेलरको रुपमा प्रयोग गरिँदै आएको थियो । यस घरको उत्तरतिरको पर्खालसंग जोडिएको कारगार भवनमा झ्याल रहित सातवटा खोर रहेको छ ।

उक्त विज्ञापनमा यस घरमा पुरानै जस्ताको त्यस्तै खोर र जेलरको कार्यालय रहेको उल्लेख गरिएको छ । १ लाख ४९ हजार अमेरिकी डलर मूल्य तोकिएको यस घरमा चारवटा शयन कक्ष , दुईवटा बाथरुम र एउटा स्टेनलेस स्टिलका सामग्री सहितका अत्याधुनिक किचेन रहेको बताइएको छ ।