२२ मंसिर २०८२, सोमबार
,
Latest
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु चुनावको विकल्प छैन- लीलामणि पोखरेल ‘रि–इम्याजिन ट्रेडिसन–२’ कला प्रदर्शनी सुरु साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैसवालको शतकमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को ३८ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । यो सिजनमा राजस्थानको सातौं जित हो । यो जितसँगै राजस्थान प्लेअफको दौडमा पुगेको छ । टोली १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । अर्कोतर्फ, मुम्बई पाँचौं हारपछि सातौं स्थानमा झरेको छ ।

सोमबार जयपुरको सवाई मानसिंह स्टेडियममा मुम्बईले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाएर १८० रनको लक्ष्य पुरा गर्यो । खेलको प्लेयर अफ दि म्याच सन्दीप शर्मा भए । उनले ४ ओभरमा १८ रन दिएर ५ विकेट लिए ।

एमआईका लागि तिलक वर्माले ४५ बलमा ३ छक्का सहित ६५ रनको अर्धशतक खेले भने नेहल वढेरा ४९ रन बनाएर आउट भए । मोहम्मद नाबीले २३ रनको योगदान दिए । राजस्थानका सन्दीप शर्माले ५ विकेट लिए । ट्रेन्ट बोल्टले २ विकेट लिए । युजभेन्द्र चहल र आवेश खानले एक–एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा आरआरका ओपनर यशस्वी जैसवालले ६० बलमा अविजित १०४ रनको शतकीय इनिङ्स खेले । उनको आईपीएल करिअरमा यो दोस्रो शतक हो । उनले ९ चौका र ७ छक्का प्रहार गरे । जोस बटलरले ३५ र कप्तान सञ्जु सामसनले अविजित ३८ रनको योगदान दिए । एमआईबाट पियुष चावलाले एक मात्र विकेट लिए ।