३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्मका लागि मांसाहारी बनिन् मानुषी छिल्लर



अ+ अ-

एजेन्सी । बलिउड स्टारहरू फिल्ममा आफ्नो क्यारेक्टरका लागि शारीरिक परिवर्तनसँगै आफ्नो बानी परिवर्तन गर्न पछि हट्दैनन्। यो सूचीमा मानुषी छिल्लरको नाम पनि परेको छ ।

हालै रिलिज भएको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बाट मानुषी शाकाहारीबाट मांसाहारी बनिन् । मानुषीले एक अन्तर्वार्तामा आफूले यस्तो गर्नुपरेको कारण बताएकी छिन् ।

जूम वेबसाइटलाई दिएको अन्तर्वार्तामा मानुषीले भनिन्, ‘म जीवनभर शाकाहारी रहेकी छु । मलाई सँधै ननवेज नखाने सोच थियो तर मैले ‘बडे मियाँ छोटे मियाँ’ साइन गरें । त्यसपछि मलाई कोभिड भयो । म धेरै डराएको थिएँ किनभने म आफ्नो तौल घटाउन चाहन्नथें किनभने मैले ‘बडे मियाँ छोटे मियाँ’ को लागि मांसपेशीहरू निर्माण गर्नुपर्ने थियो ।’

मानुषीले थप भनिन्, ‘त्यसपछि मेरो बुबा जो एक डाक्टर समेत हुनुहुन्छ उहाँले मलाई मासु खाने सल्लाह दिनुभयो । यस अवधिमा बाबाले मेरो खानपानमा निकै ख्याल गर्नुभयो । मैले उहाँलाई सधैं कुखुराको मासु जस्तो स्वाद नलाग्ने चीज बनाइदिनु भन्थेँ । खानाको टेबुलको छेउमा बसेर मलाई जबरजस्ती खाना ख्वाइदिनुहुन्थ्यो ।’

मानुषीले भनिन्, ‘बडे मियाँ छोटे मियाँ’ को अधिकांश छायांकन जोर्डन, स्कटल्याण्ड, लण्डनमा भएको थियो र स्कटल्याण्डमा तरकारीको धेरै विकल्प थिएन र मेरो लागि प्रोटिनको सजिलो स्रोत मासु थियो ।’

११ अप्रिलमा रिलिज भएको ‘बडे मियाँ छोटे मियाँ’ मा मानुषी बाहेक अक्षय कुमार र टाइगर श्राफले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा मानुषी अक्षय कुमारको अपोजिटमा देखिएकी छन् । ३५० करोडको बजेटमा बनेको फिल्मले खासै प्रतिक्रिया पाएको छैन । फिल्मले ११ दिनमा मात्रै ५५ करोड कमाएको छ ।




भर्खरै