१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने

कतारका अमिर (राजा) को नेपाल भ्रमण सुनौलो अवसर

कतारका अमिर (राजा) को नेपाल भ्रमण सुनौलो अवसर
अ अ+ अ-

काठमाडौँ । नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरको लिनुपर्ने जानकारहरुले बताएका छन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले कतारको लगानी, हमासमा बेपत्ता विपिन जोशीको उद्धार र श्रम सम्झौता सम्मका विषयमा लाभ लिन सक्नुपर्ने परराष्ट्रका जानकारहरुको भनाई छ । उनीहरुले नेपाल सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट धेरै फाइदा लिनसक्ने अवसर रहेको बताए । उनीहरुले नेपालको जलविद्युत, टेक्नोलोजी ट्रान्सफर लगायतमा लगानी ल्याउन सक्ने वातावरण रहेको बताए ।

कतारका प्रतिष्ठित व्यवसायी तथा गैरआवासीय नेपाली संघका अभियान्ता राजेन्द्रकुमार शर्माले कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर भएको बताउनु भयो । उहाँले नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरुलाई विश्वास दिलाउन सक्ने उल्लेख गर्नुभयो । उहाँले कतार विश्वका धेरै देशमा लगानी गरेर सफल भएको देश भएकाले नेपालमा त्यस क्षेत्रको लगानी आवश्यक रहेको बताउनु भयो । अध्यक्ष शर्माले नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेकाले जलविद्युतमा पनि कतारको लगानी ल्याउन सक्नुपर्ने बताउनु भयो । कतारले पछिल्लो दशकमा प्रविधिको क्षेत्रमा गरेको विकाशको मोडल नेपालमा लागू गर्नसके धेरै फाइदा हुने बताउनु भयो । उहाँले कतारसँग नेपालमा ३ लाख ५० हजार भन्दा बढी घरघुरी जोडिएकाले नेपाल अनकुल श्रम सम्झौता गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘केही दिनमा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । त्यस्तै विश्वमा अन्तर्राष्ट्रिय लगानी गर्ने टप १० देखि २० देशहरुलाई निरन्तर रुपमा फलोअफ गर्ने र नीति नियम,करसम्बन्ध दरहरु र त्योसँगै त्यसमा एउटा टिम लाग्न आवश्यक छ । विश्व अहिले क्लिन इनरजीको पछि दौडिरहेको छ । नेपाल सानो मात्रामा भएपनि विश्वमा नेपालमा ४२ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । नेपाल विश्वमा एडभेन्चर पर्यटनको लागि एउटा सहज गन्तव्य हो । कतारी राजाको नेपाल भ्रमण नेपालको लागि सुनौलो अवसर हो । कतारपछिल्लो दुई दशकमा जुन किसिमले विश्व सामु फिफा जस्तो फुटबलमा विश्व कप गर्न सफल भयो ।

कतारमा विगत २० वर्षदेखि विकासमा सहकार्य गरिरहेको हुँदा कतारसँग नेपालका पाँच लाख घरधुरीसँग जोडिएको थियो । अहिले ३ लाख ५० हजार बढी परिवारसँग जोडिएको छ । कतारका उद्योगमा काम गर्न दक्ष कामदार पठाउन सकेको भए अझ राम्रो रेमिट्यान्स आउन सक्ने थियो । नेपालीहरुको आर्थिक अवस्था अझ माथि उकासिन सक्ने थियो । सरकारले कतार सरकारसँग इगर्भरमेन्टमार्फत काम गरिरहेकाले टेक्नोलोजी ट्रान्सफरको सहयोग लिनसक्छ । विश्वका धेरै देशमा लगानी लगाएर सफल भएको देश हो । कतारलाई कुकिङ ग्यासको उत्पादनको लागि लगानी लगाउन आग्रह गर्नुपर्छ । आगामी वैशाख १६ र १७ गते गर्न लागेको नेपालको लगानी सम्मेलन अगाडि हुन लागेको यो भ्रमणले गल्फ क्षेत्रका लगानीकर्ताहरुलाई विश्वास दिलाउन सक्छ ।’

परराष्ट्र मामिलाका जानकार, परराष्ट्रविद् जयराज आचार्यले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा राष्ट्रपतिदेखि मन्त्रीसम्मले विपिन जोशीको उद्धारको माग प्रमुख प्राथमिकता राख्नुपर्ने बताउनु भयो । उहाँले कतारका प्यालेस्टाइन र हमाससँग राम्रो सम्बन्ध भएकाले कतारका राजाले भन्दा उद्धार हुनसक्ने बताउनु भयो । उहाँले नेपालले कतारले भनेको जस्तो श्रम सम्झौता गर्न तयार हुने तर कतारले विपिन जोशीलाई रिहा गर्नुपर्ने प्रमुख एजेण्डा बनाउनुपर्ने बताउनु भयो । सरकारले विपिन निर्दोष व्यक्ति भएको भन्दै इजरायली र प्यालेस्टाइनहरुसँग कुनै शत्रुता नभएको दाबी पेश गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले नेपाल भ्रमणमा आउने भन्ने कुरा सुनेपछि मलाई के लागेको छ भने कतार प्यालेस्टाइन र हमासको राम्रो सम्बन्ध छ । हामीले भन्नुपर्छ । यो श्रम सम्झौतामा हस्ताक्षर हुनुभन्दा अघि कतारले नेपालका विपिन जोशीलाई छुटाइदिनु पर्‍यो भनेर भन्नुपर्छ । हामीले कुटनीति गर्ने भनेको नै यही हो । हामीले कतारले भनेजस्तो श्रम सम्झौता गर्छौं । तर त्यो भन्दाअघि विपिन जोशीलाई छुटाईदिनु पर्‍यो । त्यो निर्दोष मान्छे हो । नेपालबाट कृषि सिक्न भनेर गएको हो । इजरायली र प्यालेन्सटाइनहरुसँग कुनै शत्रुता छैन भनेर छुटाउन माग गर्नुपर्छ । यहाँ शक्तिशाली हो । उहाँले भनेको मान्छन् जस्तो लाग्छ । यहाँ निर नै हो कुटनीतिक गर्नुपर्ने । सरकारले नेपालका एक लाखलाई दिने महत्व एक नागरिकलाई पति त्यति नै दिनुपर्छ । कुटनीतिक भनेको हेलो कस्तो छ भन्ने मात्रै होइन । त्यो तर्क दिएर भन्नेकुरा हो । नेपालका राष्ट्रपति,प्रधानमन्त्री, परराष्ट्र र श्रममन्त्रीले एउटै भाषामा विपिन जोशीलाई छुटाईदिनु पर्छ ।’

उहाँले विपिन जोशीलाई हमासबाट उद्धारको लागि नेपाल सरकारले कुटनीतिक प्रयोग गर्ने समय आएको दाबी गर्नुभयो । उहाँले सरकारले एक लाख जनता र एक जना आफ्नो नागरिकलाई त्यति नै महत्व दिन आवश्यक रहेको बताउनु भयो । कतारी अमिर एशियाली मुलुकको औपचारिक भ्रमणमा फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्न लागेका हुन् ।