२५ फाल्गुन २०८१, आईतवार
March 9, 2025 Sunday
Latest
न्युजिल्याण्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि काठमाडौँ महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तिरायो शंकरदेवमा स्ववियु सभापतिले च्याते रजिस्टर मन्त्रिपरिषद्लाई कुलमानको १७ पृष्ठको जवाफ प्रधानमन्त्री ओलीद्वारा सभाहल उद्घाटन अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन- खेलकुदमन्त्री चौधरी प्रधानमन्त्रीको प्रश्न: कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ? जनताले मानिदिन परेन ? हुकुम प्रमाङ्गीबाट शासन चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न : नेताहरु मुम्बइमा पानीको ट्याङ्की सफा गर्दा निसास्सिएर चार जनाको मृत्यु ‘पछिल्लो समय महिला आन्दोलन कमजोर बन्दै गयो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारका राजा भोलि नेपाल आउँदै, के–के हुँदैछ सम्झौता ?



अ+ अ-

काठमाडौं । कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा नेपाल आउन लाग्नुभएको हो । कतारका राजाको यो पहिलो भ्रमण हो ।

परराष्ट्र मन्त्रालयले दुई दिनको राजकीय भ्रमणका लागि कतारका राजा नेपाल आउन लाग्नुभएको जनाएको छ । नेपालमा रहँदा उहाँले राष्ट्रपति पौडेलसँग शीतल निवासमा द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची छ । सोही अवसरमा राष्ट्रपति पौडेलले कतारका राजाको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुने भएको छ ।

राजा सेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुनु हुने मन्त्रालयले जनाएको छ । उहाँ बुधबार राति नै नेपालबाट स्वदेश फर्कनु हुने कार्यक्रम छ ।

कतार न्यूज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ पदाधिकारीहरुसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ ।

तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका राजा बंगलादेश हुँदे नेपाल आउन लाग्नुभएको हो ।

यो भ्रमणले नेपाल र कतारबीच रणनीतिक विकास साझेदारका रुपमा विकास गर्न सहयाेग पुग्छ । नेपालको पर्यटन, जलविद्युत् स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम, संस्कृतिलगायतका क्षेत्रमा दिपक्षीय समझदारी गर्ने गरी तयारी भइरहेको छ ।