७ भाद्र २०८३, आईतवार
,
Latest
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोरिस र देवको विजयी सुरुआत



अ+ अ-

काठमाडौं । बोरिस अधिकारी र देव आशिष रेउलेले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार जित हात पारेको छन् ।

भद्रकालीस्थित आर्मी क्लबको कोर्टमा बोरिसले मुकिम थापालाई ६–४ र ७–५ तथा देवले रन्जित अछामीलाई ६–७, ६–३ र ७–५ को सेटमा पराजित गरे । सो स्पर्धाको अन्य खेलमा आयुशमान हजुर घले, सविन श्रेष्ठ, निहालजंग थापा, प्रसिद्ध मोक्तान, गोविन्द नेपाली र दर्शिल श्रेष्ठले पनि आ–आफ्नो खेल जिते ।

प्रतियोगिताका खेलहरु २ स्थानमा भइरहेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा अमित गुरुङ, रामबहादुर नेपाली, सोवित गौचन, दावा सोनाम शेर्पा, नवीन श्रेष्ठ, प्रवेश पन्त, इलम दिक्षित, कुमार तामाङ र अक्ष्य थापा विजयी भए । ५५ वर्षमाथि पुरुष सिंगल्समा शिवप्रसाद सेढाईं, जोरोम इडउ, राम राणा, लाक्पा शेर्पा, राजेश क्षेत्री, अमृतरत्न कंशाकार, उत्तम बोगटी र मनोजविक्रम शाहले पहिलो चरणमा जित निकाले ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा युवराज थापा, कमलबहादुर भण्डारी, अमृत रोक्का, सूर्य गिरी, बलराम सापकोटा र सुकमान तामाङले विजयी सुरुआत गरे । काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ६५ वर्षमाथि पुरुष डबल्समा भिक्ट्री राणा र भिक्टर राणाको जोडीले सपवmलता पाए ।

प्रतियोगिताको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गर्दै प्रतियोगितालाई सिटिजन्स बैंकले निरन्तर प्रायोजन गर्ने प्रतिबद्धता जनाउदै हारमा पनि प्रतिद्वन्द्वीको सम्मान गर्नु खेलकुदको सुन्दर पक्ष भएको धारणा व्यक्त गरे ।

प्रतियोगितामा विभिन्न ११ स्पर्धामा १ सय ५१ खेलाडी सहभागी छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।