१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने

विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलो

विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलो
अ अ+ अ-

वीरगञ्ज । नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् ।

महानगरअन्तर्गतका ९२ वटा सामुदायिक विद्यालयले यही वैशाख ३ गतेदेखि विद्यार्थी अभियान अन्तर्गत हरेक विहान शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

सामुदायिक मात्रै होइन, निजी विद्यालयले पनि भर्ना अभियानलाई उत्तिकै प्रथामिकताका साथ अघि बढाएका छन् । नेपाल राष्ट्रिय मावि नगवाका प्रधानाध्यापक नन्दकिशोर रामले नयाँ विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।

“यही वैशाख ३ गतेदेखि शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा विद्यालय वरपर रहेका बस्तीमा पुगेर नयाँ विद्यार्थी भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “विहान ६ बजेदेखि नै भर्ना अभियान अघि बढाउँदै आइरहेका छौँ । भर्ना अभियानअन्तर्गत बालविकासदेखि कक्षा ९ सम्म भर्ना अभियान जारी छ ।”

उहाँका अनुसार गत शैक्षिक सत्रा विद्यालयको बालविकास कक्षामा ७९ जना विद्यार्थी भर्ना भएका थिए । विद्यालयका अनुसार अहिले पनि करिब १५ जना विद्यार्थी भर्ना भइसकेका छन् । महानगरभित्रका अन्य विद्यालयले पनि भर्ना अभियानलाई अघि बढाउँदै आइरहेका छन् । रामगढस्थित रामजानकी आधारभूत विद्यालयले हरेक विहान भर्ना अभियान सुरु गरेको छ ।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले महानगरभित्र रहेका सबैजसो विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेको बताउनुभयो । “महानगर क्षेत्रमा वैशाख ३ गतेदेखि नयाँ भर्ना अभियानलाई सञ्चालन गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “शिक्षक तथा विद्यार्थीहरुले संयुक्त रुपमा नयाँ भर्ना अभियानलाई अघि बढाउँदै आइरहनुभएको छ ।” यो भर्ना अभियान वैशाख १५ गतेसम्म चल्ने उहाँको भनाइ छ ।

महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । जसमध्ये २१ माध्यामिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्वप्रथामिक विद्यालय पनि छ ।

गत शैक्षिक सत्रमा यी विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म एक लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए । गत शैक्षिक सत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी निजी विद्यालयमा भर्ना भएका थिए । महानगरले यस वर्ष १० प्रतिशत धेरै विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ ।

महाशाखा प्रमुख कर्णले महानगरभित्र पढ्ने उमेरसमूहका सबै विद्यार्थीलाई समेटेर भर्ना अभियान अघि बढाउँदै आइरहेको बताउनुभयो । “महानगरको मुख्य लक्ष्य नै विद्यालय जाने उमेरसमूहका कोही पनि विद्यार्थी नछुटुन भन्ने हो”, उहाँले भन्नुभयो, “महानगरमा आर्थिक अभावमा विद्यालय नगएका भन्ने छैनन् ।” केही बालबालिकाहरु सीमावर्ती बजार रक्सौलमा गएर साइकलमा सामान ओसारपोसार गर्दा आम्दानी हुने भएकाले पढाइमा रुचि नदिएको पनि पाइएको उहाँको भनाइ छ । “उनीहरुलाई विहान १० देखि ४ बजेसम्म विद्यालयमा अडाइराख्नु मुख्य चुनौती पनि छ”, उहाँले भन्नुभयो ।

महानगरका अनुसार विशेष गरी डोम, मुसरलगायतका जाती विशेषका विद्यार्थीलाई सामुदायिक सिकाइ केन्द्र (सिएलसी)मार्फत कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले महानगरभित्रकै केही विद्यालयमा विद्यार्थीको अत्यधिक चाप भएको बताउनुभयो । त्यस्ता विद्यालयमा विद्यार्थी व्यवस्थापनको चुनौती रहेको उहाँको भनाइ छ ।

महानगरका अनुसार माइस्थान विद्यापीठ, नसिंह मावि सुराकन्या मावीलगायतका विद्यालयमा तीन हजारभन्दा धेरै विद्यार्थी छन् । यद्यपि महानगरले ती विद्यालयमा पनि भर्ना अभियान अघि बढाउने जनाएको छ । रासस