२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले आईतवार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो । उहाँले आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको बताउनुभएको छ । उहाँले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानूनहरु र राष्ट्रिय सभा नियमावलीले निर्देशित कामहरु तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता गर्नुभएको छ ।

उपाध्यक्ष घिमिरे गत चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ राष्ट्रिय सभा सदस्य पदमा नेकपा(एमाले)को तर्फबाट निर्वाचित हुनुभएको थियो ।