११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो मुद्दा कहिलेसम्म लम्ब्याउने ? : न्यायाधीश प्रधान



अ+ अ-

काठमाडौं । बुधबारको संसद विघटनविरूद्धको मुद्दामा न्यायाधीश सपना मल्ल प्रधानले प्रश्न उठाएकी छन् । न्यायाधीश प्रधानले मुद्दामा रिट निवेदकका वकिलले धेरै समय लिएको  निवेदक कृष्णभक्त पोखरेलसँग मुद्दालाई कहिलेसम्म लम्ब्याउने भन्दै प्रश्न उठाएकी हुन् । 

'तपाईँहरूलाई एउटा कुरा सोध्न चाहन्छु। यो मुद्दा तपाईँहरूले कहिलेसम्म लम्ब्याउने हो ? समय निर्धारण पनि नगर्ने तर बाहिरबाट अदालतले लम्ब्यायो भन्ने गुनासो आउँछ। एउटै मुद्दामा तीन सय वकिल हुनुहुन्छ कसरी छिटो सकिन्छ ?,’ उनले भनिन्।

रिट निवेदकसमेत रहेका विघटित प्रतिनिधिसभा सदस्य पोखरेलले कसैलाई पैसा दिएर बहसमा नबोलाको र यो लोकतन्त्र जोडिएको विषय भएकाले धेरैको चासो रहेको बताएका हुन्।

पोखरेलले त्यसपछि बहस गर्न १ घण्टा समय पाएका छन्। संवैधानिक इजलासमा अहिले बहस जारी छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीश प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा रिट निवेदकतर्फका कानुन व्यवसायी बहसमा छन् ।  




भर्खरै