• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओलीमाथि बालेनको आक्रोश: गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ?

यो मुद्दा कहिलेसम्म लम्ब्याउने ? : न्यायाधीश प्रधान



काठमाडौं । बुधबारको संसद विघटनविरूद्धको मुद्दामा न्यायाधीश सपना मल्ल प्रधानले प्रश्न उठाएकी छन् । न्यायाधीश प्रधानले मुद्दामा रिट निवेदकका वकिलले धेरै समय लिएको  निवेदक कृष्णभक्त पोखरेलसँग मुद्दालाई कहिलेसम्म लम्ब्याउने भन्दै प्रश्न उठाएकी हुन् । 

'तपाईँहरूलाई एउटा कुरा सोध्न चाहन्छु। यो मुद्दा तपाईँहरूले कहिलेसम्म लम्ब्याउने हो ? समय निर्धारण पनि नगर्ने तर बाहिरबाट अदालतले लम्ब्यायो भन्ने गुनासो आउँछ। एउटै मुद्दामा तीन सय वकिल हुनुहुन्छ कसरी छिटो सकिन्छ ?,’ उनले भनिन्।

रिट निवेदकसमेत रहेका विघटित प्रतिनिधिसभा सदस्य पोखरेलले कसैलाई पैसा दिएर बहसमा नबोलाको र यो लोकतन्त्र जोडिएको विषय भएकाले धेरैको चासो रहेको बताएका हुन्।

पोखरेलले त्यसपछि बहस गर्न १ घण्टा समय पाएका छन्। संवैधानिक इजलासमा अहिले बहस जारी छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीश प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा रिट निवेदकतर्फका कानुन व्यवसायी बहसमा छन् ।