१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने

सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्छ: सांसद पन्त

सरकारले कागजी निर्देशन होइन, जनतामा प्रभावकारी सेवा दिन सक्नुपर्छ: सांसद पन्त
file photo
अ अ+ अ-

काठमाडौँ । लोकतन्त्र भनेकै विधिको शासन हो । हामीले सामयिक र असल कानुन बनाएर सुशासन दिन सक्नुपर्छ । सांसदहरुको मुख्य काम विधि निर्माण नै हो, त्यसमा हामी लागिरहेका छौँ । पछिल्ला अधिवेशनहरुमा पर्याप्त विधेयक पारित हुन सकेन । सरकारले विधेयक दर्ता गरेपछि मात्रै सांसदले त्यसमा छलफल गर्ने भएकाले हामी सांसदले भनेर मात्रै पनि हुँदैन । विधेयक नै दर्ता भएन भने सांसदले मात्रै कानुन बनाउन सक्दैन ।

अघिल्लो गठबन्धनका मन्त्रीहरुले विधि निर्माणमा पर्याप्त चासो दिन सकेका थिएनन् । अहिले नयाँ मन्त्रीहरु आउनुभएको छ । उहाँहरुले विधि निर्माण ध्यान दिनुपर्छ । विधि असल र समसामयिक हुनुपर्छ भन्नेमा सम्बन्धित मन्त्रीहरु बढी जिम्मेवार हुनुपर्छ । सदनमा आएका विधेयकलाई राम्रोसँग छलफल गरेर छिटो पारित गराउनमा सम्बन्धित संसदीय समितिका सभापतिको पनि भूमिका उत्तिकै महत्वपूर्ण रहन्छ ।

विगतमा कतिपय मन्त्रीहरु समितिको छलफलमा नआउने, आएर पनि विधेयकका बारेमा स्वामित्व लिएर यो किन आवश्यक छ भनेर व्याख्या गर्न नसक्दा विधेयकहरु अगाडि बढ्न सकेनन् । मन्त्रीहरुबाट समितिका सदस्यलाई आश्वस्त गर्ने काममा कमजोरी रह्यो । मन्त्रीहरुले विधेयक राम्ररी पढ्नुपर्छ । कस्ताकस्ता नयाँ कानुन आवश्यक छ भनेर मन्त्रालयमा छलफल गरेर मस्यौदा मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराई संसद्मा लैजानेसम्मको काममा मन्त्रीहरुले पहल लिनुपर्छ ।

समयसमयमा सदनमा अवरोध हुँदा पनि विधेयकहरु छिटो पारित हुनमा ढिलाइ भइरहेको छ । हामी प्रतिपक्षमा हुँदा केही समय अवरोध गर्नुपरेको थियो र त्यसको समाधान निकालेका थियौँ । अहिले पनि प्रतिपक्षले अवरोध सिर्जना गर्ने कार्य गरेको छ । यस खालका अवरोध हटाएर विधि निर्माणमा लाग्नुपर्छ । संसद् बैठक नभएको अवस्थामा पनि समितिहरुले विधेयकलाई छिटो किनारामा लैजान पहल गर्नुपर्ने हुन्छ ।

अहिले राज्यका प्रमुख तीनवटै अङ्गका बीचमा अविश्वास उत्पन्न भएको अवस्था छ । न्यायापालिका कार्यपालिकामाथि विश्वास गर्ने अवस्थामा देखिँदैन र कार्यपालिकाले न्यायपालिकाको विश्वास गरेको देखिँदैन । न्यायपालिकाका कतिपय फैसला जनतामा प्रश्न उठ्ने खालका भएका छन् । म उदाहरण दिएर त भन्न चाहान्न तर न्यायपालिकामाथि जनताको विश्वास र भरोसा पुन:स्थापित होस्, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सृदृढीकरण होस् भन्ने चाहन्छु ।

सांसदले विकास निर्माणका सानातिना काम गर्ने होइन । ती कामहरु स्थानीय तह र प्रदेश सरकारबाटै सम्पादन हुन सक्छन् । स्थानीय तह प्रभावकारी हुनुपर्छ । सांसदले विधि निर्माणमै प्राथमिकता दिनुपर्छ, त्यसपछि निर्वाचन क्षेत्रका कामलाई पनि ध्यान दिनुपर्छ । सांसदले अध्ययन गर्नुपर्छ । विज्ञहरुसँग सत्सङ्ग गर्नुपर्छ । विज्ञहरुसँग औपचारिक, अनौपचारिक कुरा गरेर कानुन र नीतिका विषयमा निष्कर्षमा पुग्न सकिन्छ । सांसदहरु संसदमा आफूलाई जनताका पक्षमा प्रस्तुत गर्न मूलत: स्वतन्त्र नै हुन्छन् । प्रतिपक्षमा हुँदा जस्तो सत्ता पक्षमा हुँदा आक्रमक भाषा नहुन सक्छ तर जनताका समस्या र सरोकारलाई आफ्नो क्षेत्र र विषयका आधारमा बोल्न सत्ता पक्षमा हुँदा पनि कुनै रोकतोक हुँदैन ।

सांसद पूर्वाधार विकास कोषको बारेमा विवाद हुँदै आएको छ । यसमा म त्यति धेरै पक्षधर होइन । बरु राष्ट्रिय योजना आयोगले यस कोषमा बजेट हालिदिए हुन्छ तर सांसदले विकास र बजेट वितरण गरेर बस्ने होइन । सांसदको मूल काम विधि निर्माण भएकाले नै उसलाई विधायक भनिएको हो । संसारका धेरै मुलुकमा सांसदको भूमिकाबारे विवाद छ तर मूल काम विधि निर्माण नै हो ।

सरकारको गठबन्धन भर्खरै फेरिएको छ । एकै प्रधानमन्त्रीले तीन पटक विश्वासको मत लिनुपर्ने स्थिति स्थिरताका लागि राम्रो होइन तर निर्वाचन प्रणाली नै यस्तै छ, कुनै एक दलको बहुमत आएको अवस्था छैन । सरकारले जनतामा सेवा दिने सवालमा प्रभावकारी काम गर्नुपर्छ, देखावटी काम गर्नु हुँदैन । कागजमा निर्देशन दिएर मात्रै हुँदैन, सेवाबाट देखिनुपर्छ । प्रधानमन्त्री र मन्त्रीले आफ्ना निर्देशन कार्यान्वयन हुन सक्ने हो होइन बुझेर मात्रै निर्देशन दिनुपर्छ । अहिले जनताले व्यवहारमा गुणात्मक परिवर्तन खोजेका छन्, त्यो यो सरकारले दिन सक्नुपर्छ ।

पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा लाग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं संस्कृति विभागका प्रमुख पन्त सो पार्टीका प्रतिनिधिसभामा समानुपातिक तर्फको सांसद हुनुहुुन्छ । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षान्त्री पन्त विगतमा दुई पटक ललितपुर क्षेत्र नं। ३ बाट संसद्मा निर्वाचित हुनुभएको थियो । साहित्य लेखन र अध्ययन विश्लेषणमा पनि क्रियाशील पन्त संसद्मा तर्कयुक्त र दरिलो प्रस्तुति दिनेमध्येका एक मानिनुहुन्छ ।