२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

गर्भावस्थामा जान्नैपर्ने हुन्छ यी कुराहरु, लापरवाही गरेमा हुन्छ ज्यानको खतरा  !!

गर्भावस्थामा जान्नैपर्ने हुन्छ यी कुराहरु, लापरवाही गरेमा हुन्छ ज्यानको खतरा  !!
अ अ+ अ-

काठमाडौं । गर्भावस्था विशेष अवस्था हो । गर्भावस्थामा महिलाले आफ्नो शरीरको एकदमै ख्याल राख्नुपर्दछ । महिलाको मात्र लागि नभई पेटमा भएको बच्चाको लागि पनि महिलाले विशेष ध्यान दिनुपर्छ । गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन् । त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ । यसबाट सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ । यसका लागि केही कुराहरु बारे यहाँ चर्चा गर्दैछौं । 

१) समयमा खाना खानुपर्छ : निश्चित समयलाई तोकेर खाना खाने गर्नुपर्छ । हरेक तीन घण्टामा केही खानुपर्छ । 
२) गर्भावस्थामा धुम्रपान तथा मद्यपान सेवन गर्नुहँदैन । 
३) धेरै चिया तथा कफी पिउनुहुँदैन । 
४) खुल्ला तथा बाहिरको खाना नखाने ।
५) यदि शरीरमा बढि नै थकान महसुस भएमा डाक्टरसँग सम्पर्क राख्ने । 
६) धेरै काम गर्नुहुन्न । पर्याप्त मात्रामा निदाउनुपर्छ । 
७) थोरै–थोरै गर्दै व्यायाम गर्ने । 
८) अन्तिम महिनामा घरमै बस्ने ।
९) लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीवेर हिँड्ने ।
१०) रेडिएसन आउने बस्तुवाट वच्ने जस्तै स् मोवाइल, एक्स रे आदि ।

१) गर्भावस्थामा धेरै शारीरिक परिवर्तन हुने हुनाले अस्वस्थ महसुस भएमा अस्पताल जाने र घरमा आराम गर्ने ।
२) बेला बेलामा चिकित्सकको सल्लाह लिने ।
३) धेरै यात्रा नगर्ने ।
४) टाइट कपडा र हिल जुत्ता नलगाउने ।
५) चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्ने ।
६) हरियो सागसब्जी बढी खाने ।
७) सकारात्मक सोचाई राख्ने ।
८) पहिलो ३ महिना र अन्तिम ३ महिना सकभर यौनसम्पर्क नगर्ने ।
९) यौन सम्पर्क गर्नु परेमा पनि पेटमा दबाब नपुग्ने गरी गर्ने ।
१०) गर्भावस्थामा गरिने योग सल्लाहअनुसार मात्र गर्ने ।
११) मादक पदार्थ सेवन नगर्ने ।
१२) धुमपान नगर्ने ।
१३) एकैपटक धेरै खाना नखाने ।
१४) चिल्लोपदार्थ नखाने ।
१५) जङ्कफुड सेवन नगर्ने ।
१६) थकान महसुस हुने वित्तिकै आराम गर्ने ।
१७) खाली पेट नबस्ने ।

साथै गर्भवती महिलाले आफ्नो खानामा यी कुराहरु समावेश गर्नु जरुरी हुन्छ । 

अण्डा – अण्डामा कोलिन नामको तत्व हुन्छ, जुन दिमागको विकासको लागि जरुरी हुन्छ । यसबाट स्मरणशक्ति पनि बढ्नका लागि सहयोग पुग्छ । साथै अण्डामा आइरन र प्रोटिन पनि हुन्छ । यो पनि दिमागी विकासको लागि निकै जरुरी हुन्छ । यो अण्डाको पँहेलो भागमा पाइन्छ । त्यसैले अण्डाको सबै भाग खानु जरुरी हुन्छ ।

एभोगाडो– मानिसको दिमाग ६० प्रतिशत बोसोले बनेको हुन्छ । यसका लागि फ्याटको जरुरी हुन्छ । जुन, एभोगाडोमा भरपूर मात्रामा हुन्छ । यसमा मानोअनसेचुरेटेड फ्याट पाइन्छ । यसबाट दिमागको विकासमा सहयोग पुग्नेछ ।फर्सीको बिऊ – फर्सीको बियाँ पनि ग र्भा वस्थामा खानु निकै फाइदाजनक हुन्छ ।

यसमा जिंक पाइन्छ, जुन बच्चाको दिमागी विकासकोलागि अत्यन्तै जरुरी हुन्छ । यसलाई सलादको रुपमा पनि खान सकिन्छ ।बदाम– गर्भावस्थामा बदाम खानु पनि बच्चाको दिमागी विकासको लागि निकै जरुरी हुन्छ । यसमा प्रोटिन, फ्याट, भिटामिन बी र फोलेट पाइन्छ । यसमा भिटामिन ई पनि हुन्छ ।

पालुङ्गो– गर्भावस्थामा खानामा पालुङ्गो निकै फाइदाजनक हुन्छ । यसमा रहेको फोलिक अम्ल डीएनए र कोषको संरचनाको विकासको लागि निकै फाइदाजनक हुन्छ । पालुङ्गोमा प्रोटिन, फाइबर, भिटामिन र अरु धेरै किसिमको प्रोटिन हुन्छ, जसले दिमागको विकासको लागि सहयोग गर्छ । यद्यपि पालुङ्गोलाई निकै राम्रोसँग पकाउनु जरुरी हुन्छ ।

दाल– दालमा पनि भरिपूर्ण मात्रामा प्रोटिन हुन्छ । ग र्भा वस्थामा दालमा घिउ हालेर खाने सल्लाह दिइने गरिन्छ । ग र्भा वस्थामा दाल खानु निकै जरुरी हुन्छ । दाल आइरनको पनि राम्रो स्रोत हो ।दही– दहीमा पनि उल्लेख्य प्रोटिन हुन्छ जसको कारण ग र्भाव स्थाको समयमा दहीलाई खानामा राखिनु जरुरी हुन्छ । यससँगै भ्रू णको दिमागको विकासमा सहयोग मिल्नेछ । 

एजेन्सीको सहयोगमा