३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

भक्तपुरमा खोपः चार हजारलाई दिइने

भक्तपुरमा खोपः चार हजारलाई दिइने
अ+ अ-

भक्तपुर । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा  अभियान शुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यममा बालुवाटारबाट एकैपटक तीन अस्पतालबाट खोप अभियानको उद्घाटन गरेसँगै भक्तपुर अस्पतालमा डा गौतमलाई खोप लगाएर उद्घाटन गरिएको हो ।  देशैभर एकैसाथ शुरु भएको खोप अभियानअन्तर्गत भक्तपुरमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयम्सेविका, सरसफाइ मजदूर र कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप लगाइने डा. गौतमले जानकारी दिनुभयो ।

भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगर अस्पताल थिमिबाट आज बिहान १०ः३० बजेदेखि कोरोनाविरुद्धको खोप लगाउने कार्य शुरु हुने भएको हो । भक्तपुर अस्पतालमा जिल्लाका अस्पतालका स्वास्थ्यकर्मीसँगै चाँगुनारायण र भक्तपुर नगरपालिकाका अग्रभागमा रहेर काम गर्नेहरुलाई यो खोप लगाइने भएको हो । नेपाल कोरिया अस्पतालबाट मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाका तोकिएका व्यक्तिमा खोप लगाउन शुरु भएको हो । 

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भक्तपुरमा चार हजार भायल खोप पठाएको छ ।  शून्य दशमलव ५ मिलिलिटर खोपको मात्रा एक जनालाई दिइने भएकाले एक भायल बराबर कम्तीमा १० जनालाई खोप लगाइने छ । यसअघि खोपसम्बन्धी स्वास्थ्यकर्मीलाई भक्तपुरको सिद्धिस्मृति प्रतिष्ठानमा तालीम दिइएको थियो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार देशभरका ६२ अस्पताल र १२०  खोप केन्द्रबाट खोप अभियान शुरु भएको छ । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रभागमा काम गरिरहेका चार लाख ३० हजार जनालाई खोप लगाइने सरकारले जनाएको छ । अठार वर्ष उमेर पुगेका व्यक्तिले  खोप लगाउन सक्ने भक्तपुर अस्पतालका मेसु डा गौतमले जानकारी दिनुभयो । 

गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजनामा रहेका तथा एलर्जीको समस्या भएका व्यक्तिले खोप लगाउन मिल्दैन ।  मुटुको रोग तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीले निर्धक्क खोप लगाउन मिल्नेछ । खोप लगाइसकेपछि स्वास्थ्यमा कुनै गम्भीर असर नपर्ने जिकिर गरिएको छ । खोप लगाएका ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने वा ज्वरो आउने, जीउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने र बान्ता हुने जस्ता समस्या देखिए नआत्तिन आग्रह गर्दै उहाँले गम्भीर समस्या आए सरकारले उपचार गर्ने बताउनुभयोे । त्यस्तो अवस्था आएमा उपचारका लागि भक्तपुर अस्पताल तयारी अस्पतालमा रहेको जनाइएको छ । 

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेर भारतमा उत्पादन भएको सो खोप भारत सरकारले १० लाख मात्रा नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको थियो । सरकारले खोप निःशुल्क लगाउने भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामध्ये काठमाडौँमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,  आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र अस्पताल कीर्तिपुर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र  शहीद गङ्गालाल अस्पताल बाँसबारीमा  कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको छ । 

यस्तै पाटन अस्पताल ललितपुर तथा भक्तपुर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि खोप लगाइने भएको छ । सरकारले सबै प्रदेशमा खोप पुर्‍याइसकेको छ । स्वास्थ्यकर्मीमध्ये पहिलो खोप सरुवा अस्पताल टेकुका प्रमुख चिकित्सक सागरराज भण्डारीले लगाउने घोषणा गर्नुभएको थियो । रासस