• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । प्रिमियर कपमा तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्नेछ ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानको ‘ए’ टोली रहनेछन् ।

हिजो शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित हुन पुगेको थियो । त्यस्तै हिजो नै भएको दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले हरायो ।

उपाधिका लागि भोलि यूएई र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतियोगिताको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।