४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा प्रचण्ड–नेपाल समुहले १० सिट पनि ल्याउन सक्दैन : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गर्नुभएको छ ।

बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गर्नुभएको हो । उहाँले प्रचण्ड–माधव पक्ष सफलताको बाटो तर्फ नहिडेर भिरको बाटो हिडेको टिप्पणी पनि गर्नुभयो । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले बैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको बताउनुभयो । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उहाँले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताउनुभयो ।