• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा

हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना



काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख रुपैयाँ जरिवाना लगाएको छ ।

पञ्जाब किंग्सविरुद्ध मुम्बई इन्डियन्सको जितपछि बीसीसीआईले हार्दिक पाण्ड्यालाई यो सजाय दिएको हो । मुल्लानपुरमा भएको खेलमा स्लो ओभर रेटका कारण मुम्बई इन्डियन्सलाई लाखौं जरिवाना गरिएको छ ।

मुम्बईको टोलीले पञ्जाब किंग्सविरुद्ध निर्धारित समयमै ओभर पूरा गर्न नसकेपछि बीसीसीआईले हार्दिक पाण्ड्यालाई कारबाही गरेको हो । आईपीएलको न्यूनतम ओभर रेट अपराधसँग सम्बन्धित आचार संहिता अन्तर्गत यो सिजनको मुम्बई टोलीको पहिलो अपराध हो ।

मुम्बई इन्डियन्सको टोली निर्धारित समयभन्दा २ ओभर ढिलो दौडिरहेको थियो जसका कारण टोलीले १९ र २० औं ओभरमा ३० गजको सर्कलमा अतिरिक्त फिल्डर राख्नुपरेको थियो । तर, यसबाट मुम्बईलाई कुनै नोक्शानी भने भएन र मुम्बईले पञ्जाब किंग्सलाई ९ रनले पराजित गर्दै खेल जित्यो ।

चालू सिजनमा मुम्बई इन्डियन्सको यो पहिलो गल्ती थियो, जसका कारण बीसीसीआईले हार्दिक पाण्ड्यालाई १२ लाख रुपैयाँ जरिवाना लगाएको छ । यदि, मुम्बईको टोलीले दोस्रो पटक यस्तो गल्ती गर्छ भने कप्तान हार्दिकलाई १२ लाखको सट्टा २४ लाख रुपैयाँ जरिवाना हुनेछ । उनीहरु बाहेक अन्य खेलाडीलाई पनि कारबाही गरिने छ ।