१३ श्रावण २०८३, बुधबार
,
Latest
चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना



अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख रुपैयाँ जरिवाना लगाएको छ ।

पञ्जाब किंग्सविरुद्ध मुम्बई इन्डियन्सको जितपछि बीसीसीआईले हार्दिक पाण्ड्यालाई यो सजाय दिएको हो । मुल्लानपुरमा भएको खेलमा स्लो ओभर रेटका कारण मुम्बई इन्डियन्सलाई लाखौं जरिवाना गरिएको छ ।

मुम्बईको टोलीले पञ्जाब किंग्सविरुद्ध निर्धारित समयमै ओभर पूरा गर्न नसकेपछि बीसीसीआईले हार्दिक पाण्ड्यालाई कारबाही गरेको हो । आईपीएलको न्यूनतम ओभर रेट अपराधसँग सम्बन्धित आचार संहिता अन्तर्गत यो सिजनको मुम्बई टोलीको पहिलो अपराध हो ।

मुम्बई इन्डियन्सको टोली निर्धारित समयभन्दा २ ओभर ढिलो दौडिरहेको थियो जसका कारण टोलीले १९ र २० औं ओभरमा ३० गजको सर्कलमा अतिरिक्त फिल्डर राख्नुपरेको थियो । तर, यसबाट मुम्बईलाई कुनै नोक्शानी भने भएन र मुम्बईले पञ्जाब किंग्सलाई ९ रनले पराजित गर्दै खेल जित्यो ।

चालू सिजनमा मुम्बई इन्डियन्सको यो पहिलो गल्ती थियो, जसका कारण बीसीसीआईले हार्दिक पाण्ड्यालाई १२ लाख रुपैयाँ जरिवाना लगाएको छ । यदि, मुम्बईको टोलीले दोस्रो पटक यस्तो गल्ती गर्छ भने कप्तान हार्दिकलाई १२ लाखको सट्टा २४ लाख रुपैयाँ जरिवाना हुनेछ । उनीहरु बाहेक अन्य खेलाडीलाई पनि कारबाही गरिने छ ।




भर्खरै