४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कोरोना कहर : खोपको आशसँगै नयाँ प्रजातिको त्रास

कोरोना कहर : खोपको आशसँगै नयाँ प्रजातिको त्रास
अ+ अ-

काठमाडौँ । गत जनवरी २० मा एकै दिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले त्यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्म यति धेरैको एकैदिन ज्यान गएको यो पहिलो पटक भएको बताए । अघिल्लो बुधबारै दिएको जानकारीमा त्यस दिनमात्र ४० हजार जनाभन्दा बढी नागरिक सङ्क्रमित भएको जनाइएको थियो । त्यहाँ यति ठूलो सङ्ख्यामा एकैदिन सङ्क्रमित भेटिएको सङ्ख्या एक लाख नाघेको छ । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतमा हालै देखिएको नयाँ प्रजातिको भाइरसले अवस्था झनै अस्तव्यस्त भएको बताउनुभयो । उहाँले यो नयाँ प्रजातिको सङ्क्रमण बेलायतमा प्रवेश गरेपछि यसले पहिलेकोभन्दा धेरै मानिसलाई सङ्क्रमित बनाएको बताउनुहुन्छ । उहाँले बेलायतमा कोरोनाको पहिलो ‘वेभ (तरङ्ग)’ आएर त्यसका कारण उच्च विन्दुमा पुगेका बेलामा भन्दा अहिले यो नयाँ प्रजातिले झन् ठूलो क्षति पुर्याएको अनुभव एक पत्रकार सम्मेलनमै सुनाउनुभएको थियो । 

उहाँले भन्नुभयो, “सो वेभको उच्च विन्दुको समयमा भन्दा यस पटकको यो नयाँ प्रजातिको सङ्क्रमणले कम्तीमा पनि ७८ प्रतिशत बढी मात्रामा नागरिकलाई सङ्क्रमित तुल्याएको कुरा हालैको एक अध्ययनले देखाएको छ ।” उहाँले यस अवधिमा एकै दिनमा चार हजार ६०० भन्दा बढी नागरिकलाई अस्पताल भर्ना गर्नुपरेको छ भने अस्पतालमा भेन्टिलेटर र आइसियु वार्डकै समस्या भएको अवस्थासम्म आएको बताउनुभयो । बेलायतले यस्तो अवस्था महामारी शुरु भएको वर्षदिन यता कहिल्यै भोगेको थिएन । 

त्रास नयाँ प्रजातिको : बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । यसरी बढ्नुमा पनि नयाँ प्रजातिको भाइरसको कारण हुनसक्ने उनीहरुको भनाई छ । 

उता यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका दर्जनौँ देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका ६० भन्दा बढी देशमा पुगिसकेको छ । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको जनाएको छ ।

कारोनो भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको वैज्ञानिकहरुले बताएका छन् । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको पनि यही भाइरसका कारण हुनसक्ने अनुमान गरेका छन् । 

उता गत हप्ता बेलायतका प्रधानमन्त्री जोनसोनले यो भाइरस पहिलेको भन्दा धेरै नै खतरनाक रहेको र त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने बताउनुभएको थियो । पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको यो नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी सङ्क्रामक भएर फैलिने खालको रहेको अनुसन्धानबाट देखिएको छ ।

बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरसको पहिलेको सङ्क्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको सङ्क्रमणमा भने एक हजार जना सङ्क्रमितहरुमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ । त्यस अध्ययनले पहिलेको सङ्क्रमणका समयमा केही लापरर्बाही गर्ने गरेका बृटिशहरु यो नयाँ भाइरसको नयाँ प्रजातिले भने उनीहरुमा पहिलेको भन्दा बढी त्रास उत्पन्न भएको पाइएको पनि देखाएको छ । 

तर अहिले आएर भने कतिपय देशमा खोप दिन थालिएकोले नागरिकमा आशा भने पलाएको छ । युरोपका देशहरुमा खोप दिने काम तिब्र बन्दैछ । खोपका धेरै डोजहरु खरिद गर्नेमा युरोपेली देशहरु नै अग्रपंक्तिमा देखिएका छन् । युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको थियो । पछिल्लो समयमा यो सङ्क्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ ।
 
खोपको आश : महामारीको अँध्यारोको वर्षदिन पुग्नै लाग्दा केही नयाँ र सकारात्मक आशाको सञ्चार भएको छ कोरोना खोपको आविस्कारले । जनस्वास्थ्यका मापदण्ड अपनाउनु बाहेकको अर्को विकल्प नरहेको अवस्थामा खोप आएकोले नागरिकमा केही आशाको सञ्चार गराएको पाइएको छ । तर खोप अझै पर्याप्त नभएको अवस्था एकातर्फ छ भने अर्कातर्फ महामारी निवारणको काम खोपले गर्नसक्ने विश्वासिलो आधार भने अझै बनिसकेको छैन । हाल विश्वका कैयौँ देशमा खोप पुगिसकेको छ तर यसले के प्रतिशतसम्म काम गर्छ भन्ने बारेमा भने फरक फरक तथ्याङ्क भेटिन्छन् । खोपको प्रचलन भइसकेका देशमा पनि यसका नकारात्मक असरहरु ९साइड इफेक्ट० पनि विभिन्न ठाउँमाा देखिएका समाचार आएका छन् । जेहोस, खोपको आविस्कार वैज्ञानिकहरुको बडो संघर्षपूर्ण प्रयासको एउटा परिणाम हो र यसले यो महामारीको औषधी पनि छ भन्ने सन्देश भने दिन सफल भएको  छ ।   

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनाम गेब्रियसले हाल देखा परिरहेको विश्वका देशहरु र कोभिड–१९ को खोपका सम्झौताहरुले अहिले तेस्रो विश्वका कतिपय गरिब देशहरुलाई समस्या पर्ने त होइन भन्ने चुनौती बढेको बताउनुहुन्छ । उहाँले बुधबार भन्नुभयो, “अहिले संसारका देशहरु र कोभिडको खोप निर्माताका बीचमा जारी रहेका सम्झौताहरुले यस्तो अवस्थाको सिर्जना भएको छ कि यसले गरिब देशहरुमा खोप उपलब्ध नहुन सक्ने त्रास बढाएको छ ।”

उहाँका अनुसार हाल (बुधबार सम्म) संसारका कम्तीमा पनि ५० देशमा कोभिडको खोप पुगेको छ । ती सबैजसो देश विश्वका सम्पन्न देशहरुकै सूचीमा पर्दछन् । अनि अर्को महत्वपूर्ण कुरा त के छ भने संसारमा पुगेको कोभिडको खोपमध्ये कम्तीमा पनि ७५ प्रतिशत खोप सम्पन्न देशहरुमा मात्र पुगेको छ । यो अवस्थाले विश्वका गरिब देशहरुको हालत भोलि के होला रु उनीहरुले आवश्यक र पर्याप्त मात्रामा खोप प्राप्त गर्न सक्लान कि नसक्लान रु भन्ने चिन्ता बढाएको छ । 

महानिर्देशक गेब्रियसले खासमा कोभ्याक्ससँग गरिब देशका लागि भनेर गरिएका कतिपय सहयोग र सम्झौताहरुको नजिकमै विश्वका यी देशहरुले आफूखुशी गरिरहेका सम्झौताले समस्या उत्पन्न गर्ला कि भन्ने लागेको चिन्ता व्यक्त गर्नुहुन्छ । 

उहाँले भन्नुभएको छ, “अरु केही हप्तामा नै कोभ्याक्सका लागि अझै धेरै कोरोना खोपका डोजहरु प्राप्त हुनु जरुरी छ । अन्यथा हामीले गरेका प्रतिबद्धताहरुलाई पनि पूरा गर्न सक्ने अवस्था नरहन सक्छ । म कुनै देश या खोप निर्माता कम्पनीलाई भन्न चाहन्न, मलाई लाग्छ यो कुनै एक देशको मात्र प्रयासले हुने होइन, यो विश्वव्यापी पहलको परिणामले मात्र हुन्छ । जसरी विश्वका देश महामारीबाट प्रताडित भएको अवस्था थियो आज सबैले अरु देश या गरिब देशहरुलाई पनि आफूलाई जस्तै अप्ठेरो परेको होला भनेर सोचिदिनुपर्छ ।”          

उता विश्वको सबैभन्दा बढी प्रभावित भएको अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गर्नु भएको छ । सबै अमेरिकीलाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको उहाँको धारणा छ । 

अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्ने जनाएको छ र यसपछि लगभग ३० करोड अमेरिकीलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताउनु भएको छ । यस भाइरसको सङ्क्रमणबाट अहिलेसम्म सबैभन्दा बढी प्रभावित देखिएको अमेरिकामा कोरोनाजन्य कारणबाट चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । त्यहाँ दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । 

शुरुका महिनाहरुमा निकै प्रभावकारी रुपमा महामारीको नियन्त्रण गरेको भनिएको बेलायत पछिल्लो समयमा बढी प्रभावित देखिन्छ । बेलायतमा एक लाख भन्दा बढी व्यक्तिको यही महामारीका कारण मृत्यु भएको छ । 

यो आलेख तयार पार्दासम्म विश्वभरमा कोरोना सङ्क्रमितको सङ्ख्या १० करोड नाघेको छ । विश्वभर यसबाट २१ लाख भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको छ । 

महामारीले विश्वलाई सताएको वर्ष दिनभन्दा बढी भयो । यसबीचमा विश्व समुदायसँग चुपचाप लागेर हेर्ने र यसबाट बच्न सतर्कता अपनाउने बाहेकको अर्को कुनै विकल्प पनि रहेन । तर अहिले खोपको आविस्कार भएकोले यसबाट केही राहातको महसुस विश्व समुदायले गर्न पाएको छ । खोपका पनि केही सीमितताहरु छन् जस्तो कि यसले पूर्ण रुपमा यो भाइरस निर्मूल पार्न सक्दैन भने अर्कातर्फ यो लगाएपछि आवधिक रुपमा यसका डोजहरु थप्दै पनि जानुपर्ने हुनसक्छ । 

यसरी एकातर्फ खोपले आशा जगाएको छ भने अर्कातर्फ यो भाइरसका विविधि विकसित रुपहरु झन् बलियो गरी देखिँदै गएकाले पनि मानिसमा ढुक्क भएर बस्ने अवस्था देखिँदैन । नयाँ प्रजातिको भाइरसका विरुद्ध पनि पहिलेकै जस्तो लड्नुपर्ने उदाहरण युरोपेली देशहरुले प्रस्तुत गरिरहेका छन् । त्यस्तो अवस्था आउन नदिन अझै पनि विश्व समुदाय यसका नियन्त्रणात्मक विधिहरुमै बढी केन्द्रित हुनु जरुरी देखिन्छ ।