१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा



अ+ अ-

काठमाडौं । कोशी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताउनुभएको छ ।

बिहीवार प्रदेश सभा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अल्पमत, बहुमत हुनु स्वभाविक भएको बताउँदै संसारको मूल्य मान्यताअनुसार बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बस्ने भएको बतउनु भयो । उहाँले अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने नहुने बताउनु भयो । उहाँले विधि र पक्रिया पूरा गर्ने बाटोबाट काँग्रेस अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अल्पमत, बहुमत हुनु स्वभाविक हो । संसारको मूल्य मान्यता के हो भने बहुमतले शासन गर्ने हो, अल्पमतले प्रतिपक्षमा बस्ने हो । तर अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने होइन, त्यसको प्रक्रियाहरु हुन्छन् । विधि, तरिकाहरु हुन्छन् । विधि र प्रक्रियाको बाटोबाट के गर्नुपर्छ, त्यो निर्णय र निस्कर्षमा पुग्नेछौँ ।’

बाइट…उद्धव थापा, नेपाली काँग्रेस संसदीय दलका नेता, कोशी प्रदेश

कोशी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएसँगै नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री बन्नुभएका केदार कार्की अल्पमतमा पर्नुभएको छ । उहाँले आफू संविधानको धारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफूलाई समर्थन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । आफूले विश्वासको मत लिन नपर्ने र राजीनामा पनि नदिने अडान लिनुभएको छ । —न्युज एजेन्सी नेपाल