४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले संघीयता नै खारेज गर्न चाहे : माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नै खारेज गर्न चाहेको बताएका छन् ।  

बिहीबार पेरिसडाँडामा बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रणाली खारेज गर्न चाहिरहेको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर इतिहासमा कलंकको टीका लगाएको उनले बताए ।

उनले संविधानविपरीत संसद विघटन गर्ने ओलीको प्रतिगामी कदमविरुद्ध जनता सडकमा ओर्लिसकेकाले संसद पुनर्स्थापना भएर छोड्ने दाबी गरे ।