४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले बोलायो नेकपाका दुबै पक्षका नेतालाई



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षका ५/५ जनालाई छलफलका लागि बोलाएको छ । बिहिबार आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र काट्दै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो । 

आयोगले शुक्रबार विहान साढे ११ बजे निर्वाचनसम्बन्धी छलफलका लागि दुबै पक्षका ५/५ जनालाई बोलाएपनि पठाएको पत्रमा दलसम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता प्रवक्ता राजकुमार श्रेष्ठले बताए । 

यसअघि नेकपाको दुईवटै पक्षको दावीआयोगले नपुग्ने बताएको थियो ।