६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् !



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्स (सिएसके)का पूर्व कप्तान महेन्द्र सिंह धोनीले अर्को आईपीएल पनि खेल्न सक्ने अनुमान गरिएको छ । जियो सिनेमाको एक कार्यक्रममा पूर्व क्रिकेटर सुरेश रैनाले यस्तो दाबी गरेका हुन् ।

१४ अप्रिलमा धोनीले मुम्बई इन्डियन्स विरुद्ध वानखेडे स्टेडियममा तीन छक्का प्रहार गरेका थिए । यस खेलपछि भएको छलफल कार्यक्रममा एन्करले धोनीको खेल्ने विषयमा प्रश्न उठाएका थिए ।

कार्यक्रममा उपस्थित पूर्व फास्ट बलर आरपी सिंहलाई एन्करले सबैभन्दा पहिले यो प्रश्न सोधे । यसबारे सिंहले भने – रैनाले यसको राम्रो जवाफ दिन सक्नेछन् ।

धोनी ४२ वर्षका भइसकेका छन् । उनले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । सन् २०२३ देखि उनको सन्यासको बारेमा अड्कलबाजी भइरहेको छ ।

सन् २०२३ धोनीको अन्तिम वर्ष हुने अनुमान गरिएको थियो तर लखनउको एकना स्टेडियममा खेलिएको खेलमा टसपछि कमेन्टेटर ड्यानी मोरिसनले धोनीलाई सोधे कि तपाई आफ्नो अन्तिम सिजन रमाइलो गर्दै हुनुहुन्छ ? यसको जवाफमा धोनीले भनेका थिए ‘तिमीले निर्णय गरेका छौ यो मेरो अन्तिम आईपीएल हो भन्ने ।’ यसपछि धोनी हाँस्न थाले । मोरिसनले धोनीलाई अर्को वर्ष पनि खेल्ने बताएका छन् ।

आईपीएलको यो सिजन सुरु हुनुअघि चेन्नईको कप्तानी ऋतुराज गायवाडलाई सुम्पिएको थियो । यस्तो अवस्थामा यो धोनीको आईपीएलको अन्तिम वर्ष हुने अनुमान गरिएको छ ।

महेन्द्र सिंह धोनीले मुम्बई इन्डियन्स विरुद्धको खेलमा अन्तिम चार बलमा २० रन बनाएका थिए । उनले लगातार तीन बलमा छक्का र एक बलमा २ रन बनाए । दिल्ली क्यापिटल्सविरुद्धको खेलमा धोनीले १६ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाएका थिए । यस सिजनमा उनले चार खेलमा तल्लो क्रममा ब्याटिङ गर्ने मौका पाए र ५९ रन बनाए ।