३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् !



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्स (सिएसके)का पूर्व कप्तान महेन्द्र सिंह धोनीले अर्को आईपीएल पनि खेल्न सक्ने अनुमान गरिएको छ । जियो सिनेमाको एक कार्यक्रममा पूर्व क्रिकेटर सुरेश रैनाले यस्तो दाबी गरेका हुन् ।

१४ अप्रिलमा धोनीले मुम्बई इन्डियन्स विरुद्ध वानखेडे स्टेडियममा तीन छक्का प्रहार गरेका थिए । यस खेलपछि भएको छलफल कार्यक्रममा एन्करले धोनीको खेल्ने विषयमा प्रश्न उठाएका थिए ।

कार्यक्रममा उपस्थित पूर्व फास्ट बलर आरपी सिंहलाई एन्करले सबैभन्दा पहिले यो प्रश्न सोधे । यसबारे सिंहले भने – रैनाले यसको राम्रो जवाफ दिन सक्नेछन् ।

धोनी ४२ वर्षका भइसकेका छन् । उनले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । सन् २०२३ देखि उनको सन्यासको बारेमा अड्कलबाजी भइरहेको छ ।

सन् २०२३ धोनीको अन्तिम वर्ष हुने अनुमान गरिएको थियो तर लखनउको एकना स्टेडियममा खेलिएको खेलमा टसपछि कमेन्टेटर ड्यानी मोरिसनले धोनीलाई सोधे कि तपाई आफ्नो अन्तिम सिजन रमाइलो गर्दै हुनुहुन्छ ? यसको जवाफमा धोनीले भनेका थिए ‘तिमीले निर्णय गरेका छौ यो मेरो अन्तिम आईपीएल हो भन्ने ।’ यसपछि धोनी हाँस्न थाले । मोरिसनले धोनीलाई अर्को वर्ष पनि खेल्ने बताएका छन् ।

आईपीएलको यो सिजन सुरु हुनुअघि चेन्नईको कप्तानी ऋतुराज गायवाडलाई सुम्पिएको थियो । यस्तो अवस्थामा यो धोनीको आईपीएलको अन्तिम वर्ष हुने अनुमान गरिएको छ ।

महेन्द्र सिंह धोनीले मुम्बई इन्डियन्स विरुद्धको खेलमा अन्तिम चार बलमा २० रन बनाएका थिए । उनले लगातार तीन बलमा छक्का र एक बलमा २ रन बनाए । दिल्ली क्यापिटल्सविरुद्धको खेलमा धोनीले १६ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाएका थिए । यस सिजनमा उनले चार खेलमा तल्लो क्रममा ब्याटिङ गर्ने मौका पाए र ५९ रन बनाए ।