काठमाडौ । अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी ओली र चार पूर्बप्रधानन्यायधीस बिरुद्ध दर्ता भएको रिटमा सर्बोच्च अदालतमा सुनुवाई हुदैछ ।
न्यायधिस मनोज कुमार शर्माको एकल ईजलासमा रिटको सुनुवाई हुन लागेको हो ।अदालतमा बिचाराधिन बिषयमा प्रधानमन्त्रीले प्रभावपार्न खाजेको र इजलास तथा कानून ब्यबसायीको मान मर्दन गरेको भन्दै प्रधानमन्त्री केपी ओली बिरुद्ध मानहानीको रिट दर्ता भएको थियो ।
यसै गरी अदालतमा बिचाराधिन बिषयमा ईजलासलाई प्रभाब पार्ने तवरबाट बिज्ञप्ति जारी गरेको भन्दै पूर्ब प्रधानन्याधीसहरु कल्याण श्रेष्ठ, शुसीला कार्की, अनुपराज शर्मा र मिनबहादुर रायमाझी तथा पूर्ब सभामुख एबं बरिष्ठ अधिबक्ता दमननाथ ढुगाना बिरुद्ध मानहानीको रिट दर्ता भएको थियो ।