२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते



symbolic picture
अ+ अ-

पोखरा । पोखरामा माइक्रोबस र जीप ठोक्किँदा ८ जना चिनियाँ घाइते भएका छन् ।

पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा. १३ च ५१३७ नम्बरको जीप र ड्याम साइडबाट रत्नचोक जाँदै गरेको माइक्रोबस आज बिहान राष्ट्र बैंक चोकमा ठोक्किएका हुन् ।

दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकमध्ये ८ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीप चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने राजकुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ते तुलबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।