• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द ★   कार्यदल बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ: महेश बर्तौला ★   सिरोहियालाई साधारण तारेखमा छोड्न माग गर्दै जनकपुरका मेयर धर्नामा ★   कार्यदल बैठकमा आज पनि जुटेन सहमति ★   टी-२० सिरिजमा अमेरिकाले दोस्रो खेलमा पनि बंगलादेशलाई हरायो ★   नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ: प्रधानमन्त्री ★   संसद् भवनमा विपक्षी दलको बैठक सुरु ★   इजिप्ट र अमेरिकाले बढाए विमानस्थलमा सुरक्षा ★   विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब ★   नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यक: डा भट्टराई

एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग



काठमाडौँ । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ  ।

साबिक विजेता समेत रहेको नेपाल समूह ‘ए’को विजेता र युएई समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा भिड्न लागेका हुन् ।

ओमानमा बुधबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेट हराउँदै समूह विजेता बनेको हो ।

नेपालसँग पराजित साउदी अरेबियाको सेमिफाइनल पुग्ने सपना अधुरै रह्यो । समूह ‘ए’मा साउदी अरेबियाको चार खेलबाट २ अंक रह्यो  । नेपालविरुद्धको खेलमा जित निकाल्न सकेको खण्डमा साउदी अरेबियाले हङकङ र कतारसँग समान ४ अंक बनाउने थियो । रनरेटका आधारमा साउदी अरेबियाले अन्तिम चारमा पुग्ने मौका पाउने थियो ।

कतार र हङकङले चार खेलमा समान ४ अंक जोडे । तर, रनरेटमा पछि परेपछि कतार अन्तिम चारमा पुग्न सकेन । अब हङकङले समूह ‘बी’को विजेता ओमानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’मा नेपाल अपराजित रह्यो । समूह ‘बी’मा ओमान पनि अपराजित रह्यो । युएईले ६ र कुवेतले ४ अंक जोडे ।