• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ?



काठमाडौँ । च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउने चारै टोलीको टुंगो लागेको छ । गएराति भएका दुई खेलको पनि नतिजा आएपछि सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको हो ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी), जर्मन क्लब बोरुसिया डर्टमण्ड, स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिखले सेमिफाइनलमा स्थान बनाए ।

क्वाटरफाइनलमा पिएसजीले बार्सिलोनालाई ६–४ को एग्रिगेटमा, डर्टमण्डले एट्लेटिको मड्रिडलाई ५–४, रियल मड्रिडले म्यान्चेस्टर सिटीलाई पेनाल्टीमा ४–३ ले हराउँदै तथा बायर्नले आर्सनललाई ३–२ को एग्रिगेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

अब सेमिफाइनलमा पिएसजी र डर्टमण्ड तथा रियल र बायर्न भिड्नेछन् । सेमिफाइनलमा खेलहरु मे ७ मा हुनेछन् ।