४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख लिखित जवाफ माग गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा बिहिबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख  ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको हो ।

पूर्वप्रधानन्यायाधीश  सुशीला कार्की, मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र पूर्वसभामुख दमननाथ ढुंगानासँगलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न भनेको हो ।

पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गरेका थिए भने पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै अवहेलनाको मुद्दा दर्ता गराएका हुन् । 

पूर्वसभामुख ढुंगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी टिप्पणी गरेका थिए भने पूर्वप्रधानन्यायाधीशले संसद विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।